दुर्घटना न्युनिकरण गर्न ठाउको ठाउ सुधार कार्यक्रम

बुटवल । बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न प्रदेश पाँचमा प्रहरीले नया कार्यक्रम अगाडी सारेको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार साता ब्यापी कार्यक्रम प्रदेशभरी सञ्चालन गर्न लागिएको छ । दुर्घटना न्यूनिकरणको लागि ठाउको ठाउ सुधार कार्यक्रम अगाडी सारिएको छ । बिहिवार बुटवलमा आयोजित कार्यक्रममा वोल्दै प्रदेश ट्राफिक कार्यालयका प्रमुख  प्हरी उपरिक्षक गणेश चन्दले यही बैशाख १४ गतेबाट कार्यक्रम शुरु हुने र २० गतेसम्म जारी रहने बताए । 

बुटवलसहित विभिन्न शहरी क्षेत्रहरुका साथ सबै जिल्लामा कार्यक्रम गरिने छ । दुर्घटना न्यूनिकरण गर्न चालक तथा सहचालकहरुलाई सडकमै सडक सुरक्षासम्वन्धी प्रशिक्षण दिनेदेखि विभिन्न सचेतना मुलक कार्यक्रम गरिने प्रहरीले जनाएको छ । 

प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी पिताम्वर अधिकारीले यस अभियानमा गल्ती सुधार्न बढी जोड दिइने बताए । 

गैरजिम्मेवारपूर्ण कार्यशैलीमा सुधार ल्याउने गरी अभियान सञ्चालन हुने उनले बताए । दुर्घटनाको विश्लेषण गरेर जीवन रक्षलाई प्रथामिकतामा दिने भन्दै डीआइजी अधिकारीले दुर्घटना न्यूनिकरण गर्न सबै क्षेत्रको महत्व रहेको धारणा राखे । 

सडक दुर्घटना कम गर्न अटो रिक्साको ब्यवस्थापन गर्नुपर्ने देखि छाडा चौपायको ब्यवस्थापनमा ध्यान दिनुपर्नेमा सञ्चारकर्मीहरुले सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर