• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

पाल्पाको निस्दी गाउँपालिका ; पैसा बुझाएको दशक पुग्दापनि बिजुलीको उज्यालोबाट बञ्चित

पाल्पा । पहाडी जिल्लामा पछिल्लो पाच वर्षयता गाउँगाउँमा सडक विस्तार संगै विकासले गति लिएको पाईन्छ । अन्य जिल्लाहरुको तुलनामा पाल्पालाई विकासक्रमका रुपमा सुगम जिल्ला मानिन्छ तर पाल्पाकै सिंगो निस्दी गाउँपालिकाका जनता भने अहिलेसम्म बिजुलीको उज्यालोमा बस्नबाट बञ्चित भएका छन । निस्दी गाउँपालिकाका स्थानीयहरुले बिजुली बाल्नका लागी पैसा बुझाएको एक दशक भन्दा बढी हुदाँसम्म पनि बिजुली बल्न सकेको छैन । 

घर अगाडी गाडेको पोल पनि ढल्ने अवस्थामा पुगिसकेका छन, त्यतीमात्र होईन घरमा गरेको वायरिङमा पनि माकुराले जालो लगाइसकेको छ । तर अहिलेसम्म बिजुली भने बल्न नसक्दा स्थानीयहरु निरास भएका हुन । बिजुली बल्ने आशा हराउदै गएपछि पालिका भित्रका जनता टुकी र सोलारमै चित्त बुझाउन बाध्य भएका छन । बिजुली बत्ती नहुँदा सरकारी कामकाज देखि मोबाइल चार्ज गर्न सम्मको दैनिकी प्रभावीत हुदै आएको छ ।

सामुदायिक विद्युत् उपभोक्ता संस्था मार्फत झण्डै १० वर्षअघि बिजुली बाल्नका लागि स्थानीयले पैसा उठाएका थिए । बत्ति बालन पाउने आशामा पैसा बुझाएका स्थानीयहरु अहिले भने रकम बुझाएको रसिद हेर्दै बस्दा ठेकेदारले गाडेका पोल ढलिसकेका छन् । पोलमा रहेका तार पनि चुँडिएका छन । विद्यूतीकरणका लागि ठेक्का भएपनि बिजुली बाल्न नपाउदा स्थानीय निरास भएको स्थानीय सन्तबीर सुनारीले बताए । 

स्थानीय सरकार आएपछि कामप्रतिको ढिलाइमा चासो बढेको निस्दी गाउँपालिकाका अध्क्षय मुक्त बहादुर सारुले बताए । सारुका अनुसार ढिलाईप्रति ठेकेदार र सामुदायिक ग्रामीण विद्युतीकरण विभागमा गाएँपालिकाको तर्फबाट डेलिगेसन गइसकेको हुदाँ अब काले गति लिनेमा आफूहरु आशाबादी रहेको बताए । 

देसमा तिन तिन तहको सरकार रहेका बेला सिंगो निस्दी गाउँपालिकामा केन्द्रीय प्रशारण लाइन बिस्तार हुन नसक्नु दुःखको विषय हो । सरकारले सामुदायिक विद्युत् उपभोक्ता संस्था मार्फत ग्रामीण विद्युतीकरण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको जनाएपनि ग्रामीण भेगका बस्तीमा भने अझैसम्म पनि टुकी बालेर बस्नपर्ने बाध्यता हटेको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर