पाल्पाको बगनासकाली गाउँपालिका अव डिजिटल

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाले अनलाईन मार्फत सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिकाले पालिका भित्रका नागरीकलाई सेवा प्रवाहबाट सहज होस भनेर ब्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा ब्यबस्थापन सूचना प्रणालीको शुरूवात गरेको हो ।

बगनासकाली गाउापालिका भित्रका ९ वटै वडाहरूले  अनलाईनको माध्यमबाट सेवा प्रदान गर्ने गरि ब्यबस्था मिलाईएको छ । वडा वडामा ईन्टरनेटको माध्यमबाट वडा सचिव तथा कार्यालय सहायक कर्मचारीहरूलाई २  दिनको तालिम पश्चात अनलाईन सिस्टमको सुरूवात गरिएको प्रमुख प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठले बताए ।

राष्ट्रिय परिचय पत्र तथा पंजिकरण विभाग अन्तर्गत जन्म, मृत्य, बसाईसराई,  विवाह दर्ता र सम्बन्ध विच्छेद जस्ता विवरणहरू हस्तलिखित नभई  विभागको अनलाईन सेवामा दर्ता गरि प्रमाण पत्र दिने ब्यबस्था को शुरूवात गरिएको गाउँपालिकाका अध्यक्ष कृण्ण प्रसाद बस्यालले बताए ।

उनले प्रबिधिको सदुपयोग गरि जनतालाई  छिटो छरितो र प्रभाबकारी सेवा प्रदान गर्न कर्मचारीहरूलाई आग्रह समेत गरे । गाउापालिका उपाध्यक्ष सरस्वती चिदीले  प्रबिधि मैत्री सेवा आजको आवश्यकता  भएको औल्याउदै  प्रबिधिको प्रयोगले च्यातिने हराउने जस्ता समस्याहरू नहुने हुदा सेवा प्रवाहमा सहयोग मिल्ने बताइन्।

कार्यक्रममा सहभागी कर्मचारीहरूले आ आफ्नो वडामा अनलाईन सिस्टमबाट नै छिटो छरितो र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्दता जनाएका थिए । अनलाईल मार्फत सेवा प्रवाह भएसंगै गाउँपालिका भित्रको सेवा प्रवाहमा सहज हुने भएपछि सेवाग्राही खुसी भएका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर