सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन २४ घण्टा मात्रै

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन २४ घण्टा ५० मिनेट बैठक बसेर बिहीबार सकिएको छ । गत वर्ष माघ ४ गते बाट सुरु भएको तेस्रो अधिवेशन भर २६ दिनमा प्रदेश सभाको २८ बैठक बसेको छ । तीन महिना बढी चलेको अधिवेशनमा छ वटा विधेयक र एउटा नियमावली संशोधन गर्दै बिहीबार अन्त्य भएको हो । उक्त सममा महत्त्वपूर्ण विधेयक पारित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

अधिवेशन अन्त्य हुनु पूर्व बिहीबारको प्रदेश सभा बैठकमा सत्तारुढ दल र प्रतिपक्षी दलले तेस्रो अधिवेशनको समीक्षा गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका तर्फबाट कर्ण मल्ल, प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी राजपाका तर्फबाट कृष्ण चौधरी र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको तर्फबाट प्रमुख सचेतक तारा लामा तामाङले प्रदेश सभाको तेस्रो अधिवेसको समीक्षा गरेका थिए । प्रतिपक्षी दलले अधिवेशन पूर्ण उपलब्धि मूलक नरहेको बताएपनि सत्तारुढ दलका सांसदले त्यसको बचाउ गरेका थिए ।

उनीहरूले आगामी दिनमा प्रदेश सभालाई थप सशक्त बनाउनु पर्ने बताएका थिए । तेस्रो अधिवेसको अन्तिम बैठकमा सरकारका तर्फबाट सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले धारणा राखेका थिए । तेस्रो अधिबेसको अन्तिम बैठक मार्फत बिहीबार प्रदेश जोखिम न्यूनिकरण तथा व्यवस्थापन विधेयक पारित गरिएको छ । बिहीबार प्रदेश सभा बैठकमा सभामुख अर्जुन बहादुर थापाले प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख मोहनराज मल्लले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको उल्लेख गरिएको पत्र पढेर सुनाएका थिए ।

२०७४ साल माघ २१ गते बाट सुरु भएको पहिलो अधिवेशन वैशाख २० गते अन्त्य भएको थियो । जेठ २ गतेबाट सुरु भएको दोस्रो अधिवेशन असोज २३ मा सम्पन्न भएको थियो । तेस्रो अधिवेशन माघ ४ गते सुरु भएको बिहीबार अन्त्य भएको छ । पहिलो अधिबेसमा ३ वटा विधेयक र एउटा प्रदेश सभा नियमावली पारित भएको थियो ।

प्रदेश सभाले सबै भन्दा बढी दोस्रो अधिवेसमा विधेयकहरू पारित गरेको हो । दोस्रो अधिवेसको पाँच महिनामा प्रदेश सभाले १३ वटा विधेयक पारित ग¥यो । ४७ दिनमा ५३ पटक बैठक बसेको दोस्रो अधिवेसमा प्रदेशको स्थायी राजधानी र नामाङ्कन समेत पारित भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर