• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अनर किलिङ : एक रिसले चुर बुबाले आफ्नै छोरीलाई जिउँदै जलाए !

तस्विर : नितिन नागार्धने/बिबीसी हिन्दी

भारतको महाराष्ट्रको अहमदनगरस्थित निक्सोज गाउँमा एक बुबाले आफ्नै छोरी र ज्वाईलाई जिउँदै जलाए ।  १९ वर्षीया रुक्मिणी रणसिंघेले ६ महिनाअघि मात्रै त्यो युवकसँग विवाह गरेकी थिइन्, जसलाई माया गर्थिइन् । 

तर, उनको विवाहको फैसलामा उनको परिवारको सहमति थिएन, किनकि रुक्मिणी र उनका श्रीमान दुवैको जात फरक–फरक थियो । 

यस कुराको असन्तुष्टि यति बढ्यो कि एक दिन रुक्मिणीका बुबा, काका र मामा मिलेर उनी र उनका श्रीमानलाई जिउँदै जलाइदिए । आफ्नो परिवारको रिसको मूल्य रुक्मिणीले आफ्नो ज्यान दिएर चुकाइन् । 

अब यस घटनाले एक पटक फेरी ‘अनर किलिङ’को मुद्दा विश्वसामु ल्याएको छ । 

रुक्मिणी कथित माथिल्लो जात ‘पासी’की थिइन् भने उनका श्रीमान् मंगेश पिछडिएको वर्ग लौहार जातिका थिए । दुवैले ६ महिनाअघि प्रेम विवाह गरेका थिए । 

मंगेशको परिवारले दुवैको सम्बन्धलाई स्विकारेको भएपनि रुक्मिणीको बुबा र परिवारका अन्य सदस्य भने विहेको विरुद्धमा थिए । 

विवाहपछि रुक्मिणी वा मंगेश जब कतै सडकमा देखिएमा उनीहरुलाई धम्की दिइन्थ्यो । जसबाट हैरान भएर रुक्मिणी र मंगेशले यसै वर्षको फेब्रुअरीमा परनेर प्रहरी चौकीमा आइरहेका धम्की विरुद्ध निवेदन दर्ता गरेको मंगेशका भाई महेशले बिसीसीलाई बताए । 

रुक्मिणी-मंगेश

यसै तनावबीच एक दिन रुक्मिणीका आमा–बुबाले ३० एप्रिलनका दिन उनलाई घरमा बोलाएका थिए । घर आएपछि रुक्मिणीलाई कुटपिट गरियो । त्यही रात रुक्मिणीले मंगेशलाई फोन गरेर परिवारका सदस्यले पिटेको र त्यहाँ आएर लैजान भनिन् । 

दोश्रो दिन अर्थात् मे १ तारिखको दिन मंगेश रुक्मिणीको घर पुगे । त्यतिबेला सम्म उत्तर प्रदेशमा बस्ने रुक्मिणीका काका र मामा पनि त्यहाँ आइसकेका थिए । 

त्यस दिन रुक्मिणीको विवाहलाई लिएर घरमा ठूलो झगडा भयो । रुक्मिणीका काका र मामाले मंगेश र उनलाई बेस्सरी पिटे । 

त्यसपछि उनीहरु दुवैलाई डोरीले बाँधेर उनीहरुमाथि पेट्रोल छर्काएर आगोको जिम्मा लगाए । उनीहरुले नवदम्पतिलाई आगो मात्रै लगाएनन्, घरमा बन्द गरेर बाहिरबाट चुकुल लगाईदिए । 

घरबाट निक्लिरहेको दर्दनाक चिच्याहट छिमेकीको कानसम्म पुग्यो र उनीहरु तुरुन्तै घटनास्थल पुगेको महेश रणसिंघे बताउँछन् । उनीहरुलाई एम्बुलेन्स बोलाएर पुणेको ससुन अस्पतालमा भर्ती गरियो ।

तीन दिनसम्म जिन्दगीसँग लडाई गर्दा–गर्दै मे ५ का दिन रुक्मिणीको मृत्यु भयो । उनको शरीरको ६०देखि ६५ भाग जलिसकेको थियो । 

मंगेशको उपचार चलिरहेको सुसन अस्पतालका चिकित्सकले बताएका छन् । उनको अवस्थामा पनि निक्कै गम्भिर रहेको र उनको शरीरको ४५ भाग जलिसकेको अवस्थामा छन् । 

छिमेकीले दिएको जानकारी अनुसार, रुक्मिणीको परिवार उत्तर प्रदेशबाट आएर पछिल्लो ८ महिनादेखि त्यहाँ बसिरहेको मात्रै जानकारी छ । 

यता परनेर प्रहरी चौँकीमा यस घटनासँग सम्बन्धि एक उजुरी दर्ता गरिएको छ र रुक्मिणीका मामा घनश्याम र काका बिल्लु पंडितलाई गिरफ्तार गरिएको छ । रुक्मिणीका बुबा रामा रामफल भारतीको भने खोजी भइरहेको प्रहरीले बताएका छन् । 

प्रहरीको वेवास्ताका कारण उनको परिवारले धेरै ठूलो क्षति बेहोर्नु परेको रुक्मिणीका देवर महेशको आरोप छ । उनले दाई र भाउजुलाई आइरहेको धम्कीलाई लिएर निक्सोज र परनेर प्रहरी चौँकीमा उजुरी दर्ता गरेको बताए । महेशलाई उनका दाई र भाउजुको अपराधीलाई सजाय मिल्ने र उनका परिवारलाई न्याय मिल्ने आशा छ । बिबीसी हिन्दी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर