• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

दमकमा खुकुरी प्रहारबाट दुईजना घाईते

झापा । झापाको दमकमा गएराति एक युवाको खुकुरी प्रहारबाट दुईजना घाईते भएका छन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नीरिक्षक खगेन्द्र एक्तेनका अनुसार झापा दमक ५ का दिपक चौलागाईको खुकुरी प्रहारबाट सोही स्थानका यादव राई र उनकी श्रीमती पेमा तामाङ घाईते भएका हुन् । राईको टाउकोमा चोट लागेको र बिराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

पेमाको भने सामान्य चोट देखिएको छ । दमक ५ की बिन्दु थापालाई यादवले मोबाइलमा म्यासेज पठाएर अनावश्यक दुःख दिएका कारण बिन्दुकै आग्रहमा चौलागाईले राईमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

बिन्दुलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको जनाईएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर