• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

दिपशिखा भन्छन्–‘मैले कतै लिखत बुझाएको छैन्’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रभावशाली संगठन युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले आफूले कतै लिखत नबुझाएको स्पष्ट पारेका छन् । बिहीबार नेकपाले जनवर्गिय संगठनको एकता टुंग्याएपछि विद्यार्थी संगठनमा गरिएको एकतामा विद्यार्थी नेताहरुले असन्तुष्टि पोखिरहेका छन् । 

यहीबीच, प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयसंग भेटेर लिखत बुझाएपछि मात्रै युवा संघको संयोजक दिपशिखालाई तोकिएको खबर बाहीर आएपछि दिपशिखाले उक्त कुराको खण्डन गरेका हुन् । समाचार दैनिकसंग कुरा गर्दै सापकोटा भन्छन्–‘मेरो चरित्र हत्या गर्ने उद्देश्यले अनावश्यक हल्ला मात्र फैलाइएका हुन् । मैले कतैलिखत बुझाएको छैन् ।’ 

प्रधानमन्त्री निवास बालुवाटार, प्रचण्ड निवास खुमलटार, झलनाथ निवास डल्लु, माधव निवास काेटेश्वर पुग्नु एक केन्द्रीय सदस्यका लागि कुनै नौलो कुरा नभएको भन्दै उनले आफूले त्यस विषयमा अध्यक्षद्वयसंग कुनै छलफल नगरेको स्पष्ट पारे । ‘जुनसुकै समयमा पनि अध्यक्षद्वयसंग विविध विषयमा छलफल गरिरहेकै हुन्छु, नेतृत्व लिने विषयमा केही छलफल भएको छैन् । मेरो चरित्र हत्या गर्ने उद्देश्य राखेर मेरो विरुद्धमा रहेका केहीले हल्ला मात्रै फैलाएका हुन् ।’ उनले स्पष्ट पारे । 

केही स‌चारमाध्यमले दुबै अध्यक्षको उपस्थितिमा सापकोटाले भविष्यमा आफूले पार्टीको कुनै टिकाटिप्पणी नगर्ने प्रतिवद्धता जनाएपछि उनलाई संयोजक बनाइएको भनि समाचार प्रकाशन गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर