• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

चीनमा परिक्षण गरियो ‘फाइभ जी’ रिमोट नियन्त्रित कार

तस्विर : वेब

चोङगुइङ, चीन । ‘फाइभ–जी’ नेटवर्कद्धारा सञ्चालित रिमोट नियन्त्रित कार बुधवार दक्षिण–पश्चिम चीनको चोङगुइङस्थित एक वाहन–निर्माण कम्पनीमा परिक्षण गरिएको छ । 

चाइना डेलीको रिपोर्टअनुसार, परिक्षणका समयमा ‘फाइभ–जी’ नेटवर्कद्धारा समर्थित सडकको स्थितिको प्रत्यक्ष फिड हेरिएको दौरान एक रिमोटद्धारा सञ्चालित कारलाई नियन्त्रण गर्नमा सक्षम रहेको थियो ।

यस कार चीनको टेलिकम ‘चाइना अटोमोबाइल इन्जिनियरिङ रिसर्च इन्स्टिट्युट कम्पनी लिमिटेड’ र ‘डाटांग मोवाइल कम्युनिकेसन इक्विपमेन्ट कम्पनी’को चोङगुइङ सहायक कम्पनीद्धारा सामुहिक रुपले उत्पादन गरिएको छ । 

अध्ययनकर्ताले कारमा खतरनाक चेतावनी जस्ता विभिन्न कार्यहरुमाथि काम गरिरहेको चोइगुइङ टेलिकमका सहायक विशेषज्ञ तु लेफेईले बताए । 

परिक्षण डाटाबाट ‘फाइभ–जी’ नेटवर्क १.६ जिबिपिएसको सिंगल–युजर डाउनलोड स्पिड प्रदान गर्नमा सक्षम रहेको पत्ता लागेको छ, जुन ‘फोर–जी’ सेवाको तुलनामा करिब १६ गुणा छिटो छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर