• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नेकपाका कार्यकर्ताको घरमा धमाधम पक्राउ पुर्जी, के गर्दै छ नेकपाको सरकार ?

द्वन्द्वकालिन मुद्दामा अदालतको अर्को आदेश

हरे ! गृहमन्त्रीज्यू, समाजवादका लागि कति कुर्वान गर्नु भएको ? हजुरले सहयात्रीलाई जेल हालेर पुगेन, अब सहिदका नाममा पनि मुद्धा...

प्रदेश सांसद विशाल खड्काले वर्तमान गृहमन्त्री रामवहादुर थापा बादललाई फेसबुकमार्फत सोधको यो प्रश्न सामान्य देखिएपछि वास्तवमै सामान्य भने छैन । १० वर्षे माओवादी द्वन्द्वका बेलाको घटनालाई लिएर प्रहरीले पक्राउ पुर्जी जारी गर्न थालेपछि उनी लगाएत जनयुद्धमा होमिएकाहरु आक्रोशित छन् ।

तत्कालीन युद्धरत पार्टी शान्तिपूर्ण राजनीतिमा आएर पनि एमालेसँग एकीकरण भइ गठन भएको नेकपा र नेकपाको सरकार अनि गृहमन्त्री बादल । बादलले गृहमन्त्रालयको बागडोर सम्हालिरहदा दोलखामा भने प्रहरीले १७ वर्षअघि सहिद भएका रितबहादुर खड्का लगाएत केहि व्यक्तिहरुलाई पक्राउ गर्न पुर्जी जारी गरिएको छ ।

जिल्ला अदालत दोलखाले  यहि बैशाख ३ गते फरार अभियुक्त फैसला गर्दे नेकपाका केन्द्रीय सदस्यहरु गंगा कार्की विश्व, शंकर लामा र सहिद रीतबहादुर खड्काको नाममा अदालतले पुर्जी काटेको छ । जसमध्ये खड्का सहिद भइसकेका छन् । 

त्यसको एक महिनापछि माओवादीले फागुन १ बाट  जनयुद्धको घोषणा गरेको थियो । त्यसपछि २०५३ जेठमा उक्त विस्फोटक पदार्थ लुटेको अभियोगमा दोलखाका माओवादी नेताहरु पूर्णबहादुर खड्का र हेमबहादुर श्रेष्ठ पक्राउ परे । उनीहरुसहित तत्कालीन युद्धमै मारिएका रितबहादुर खड्का सहित गंगा कार्की विश्व र शंकर लामालाई पनि प्रहरीले मुद्दा चलाएको थियो ।

 

यस्तो थियो घटना

२०५२ साल माघ २ गते , दोलखा चरिकोट बजारमा सडक निर्माणमा प्रयोगका लागि राखिएको डिटोनेटर, फ्युज र जिलेटिन तत्कालीन माओवादीले कब्जामा लिएका थिए । पार्टीले जनयुद्धको तयारीका लागि उक्त डिटोनेटर, जिलेटिनलगायत सामग्री कब्जा गर्ने नीति बनाएपछि तत्कालीन माओवादी नेता कार्यकर्ताले उक्त सामग्री कब्जामा  लिएका थिए ।

त्यसको एक महिनापछि माओवादीले फागुन १ बाट  जनयुद्धको घोषणा गरेको थियो । त्यसपछि २०५३ जेठमा उक्त विस्फोटक पदार्थ लुटेको अभियोगमा दोलखाका माओवादी नेताहरु पूर्णबहादुर खड्का र हेमबहादुर श्रेष्ठ पक्राउ परे । उनीहरुसहित तत्कालीन युद्धमै मारिएका रितबहादुर खड्का सहित गंगा कार्की विश्व र शंकर लामालाई पनि प्रहरीले मुद्दा चलाएको थियो । त्यसपछि जिल्ला अदालत दोलखाले उक्त मुद्दामा १० वर्षको जेल सजाए सुनायो ।

खड्का र श्रेष्ठले १० वर्ष कैद भुक्तान गरे । रितबहादुर युद्धमै २०५९ असार २ गते रौतहटमा मारिएका थिए । तर, २५ वर्षअघिको फैसला कार्यान्वयनका लागि भन्दै रीतबहादुरसहित गंगा कार्की र शंकर लामाको नाममा फेरि वारेन्ट पुर्जी जारी भएको हो ।

उनले भने, 'जनयुद्धमा सहिद भएका व्यक्तिहरुमाथि नै मुद्धा लगाएर राज्य गैरन्यायिक, अराजनीतिक बन्न पुगेको छ, यसले समग्र सहिद र जनयुद्धलाई नै अपमान गरेको छ ।' 
खड्काले मुलकमा फेरी युद्धा चाहनेहरु सक्रिय भएको भन्दै शान्तिप्रक्रियाका बारेमा राज्य गम्भीर हुनुपर्ने बेला आएको बताए । 

 

के भन्दछन् प्रतिवादी

उक्त घटनाका बारे समाचारदैनिकसंग गंगा कार्की विश्वले द्वन्द्वकालिन मुद्धालाई बिउताउन खोजेर वर्तमान सरकार र कम्युनिष्ट पार्टीलाई नै असफल पार्ने षडयन्त्र हुन सक्ने तर्क गरे । त्यस्तै उनले दुइतिहाइ भएका बेला सरकारले शान्ति प्रक्रियाको सबै काम टुङुग्याउन सुझाव पनि दिए । उनले भने , 'यो बेला नै कि यस घटनालाई पुनः उचाल्न खोजियो ? गम्भीर भएर सोच्ने बेला आएको छ ।'

त्यस्तै सहिद रीत बहादुर खड्काका भाइसमेत रहेका दोलखाका प्रदेश सांसद विशाल खड्काले पनि समाचारदैनिकसंग कुरा गर्दै राज्यप्रति आक्रोश पोखे । उनले भने, 'जनयुद्धमा सहिद भएका व्यक्तिहरुमाथि नै मुद्धा लगाएर राज्य गैरन्यायिक, अराजनीतिक बन्न पुगेको छ, यसले समग्र सहिद, सहिद परिवार र जनयुद्धलाई नै अपमान गरेको छ ।' 

खड्काले मुलकमा फेरी युद्धा चाहनेहरु सक्रिय भएको भन्दै शान्तिप्रक्रियाका बारेमा राज्य गम्भीर हुनुपर्ने बेला आएको बताए । 

 

अदालतको दोहोरो चरित्र देखियो : एकराज भण्डारी 

अधिवक्ता एकराज भण्डारीले द्वन्दकालका मुद्धमा अदालतले पनि दोहारो चरित्र देखाएको टिप्पणी गरे । उनले केहि मुद्धाहरु अदालतले हेर्न मिल्ने र केहि मुद्धाहरु टिआरसीले हेर्ने भनि यसअघि गरेको निर्णयले अदालतको दोहोरो चरित्र देखिएको स्पष्ट भएको आरोप लगाए । त्यस्तै उनले द्वन्दकालिन घटनालाई उचालेर विस्तृत शान्ति सम्झौता विपरितको काम भएको बताए ।

शान्ति सम्झौता गर्ने दुवै पक्षले यसलाई गम्भीर भएर पालना नगरे अर्को दुर्घटना निम्तन सक्ने उनको तर्क छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर