• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

एफए कपको उपाधि म्यानचेस्टरलाई, एकै सिजनमा तीन उपाधि जित्न सफल

एजेन्सी । म्यानचेस्टर सिटीले इंग्लिस एफए कप फुटबलको उपाधि जितेको छ । 

शनिबार राति वेम्बली रंगशालामा वाटफोर्टलाई आधा दर्जन गोल गरी एफए कपको उपाधि जितेपछि म्यान्चेस्टर सिटीले कीर्तिमान कायम गरी यस सिजनको अन्त्य गरेको हो । सटीले इंग्लिस फुटबलका तीनवटै मुख्य प्रतियोगिताको उपाधि जित्न सफल भयो ।

कुनै पनि इंग्लिस क्लबको पुरुष टिमले एकै सिजन प्रिमियर लिग, एएफए कप र लिग कपको उपाधि एकै सिजनमा जितेको यो पहिलो पटक हो । सिजनको तेस्रो उपाधि दिलाउने क्रममा वाटफोर्टलाई ६–० गोलले पराजित गर्दा पेप ग्वार्डिओलाको टोली सिटीका लागि रहिम स्टर्लिङ र ग्याव्रियल जेससले २–२ गोल गरे ।

पूरै सिजन प्रभावशाली देखिएको म्यान्चेस्टर सिटीले वाटफोर्टबिरुद्ध पनि एकपक्षीय हाबी भयो । सन् १९०३ को सिजनमा बरीले डर्बीलाई ६–० ले नै हराएपछि एफए कपमा सबैभन्दा ठूलो अन्तरको जित हो यो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर