असारबाट प्रसारण हुने ‘द भ्वइस अफ नेपाल २’ मा दुई कोच फेरिदै

काठमाडौं । ‘द भ्याइस अफ नेपाल’को दास्रो संस्कारण असारबाट प्रशारण हुने भएको छ । ‘द भ्वइस अफ नेपाल’ सिजन–२ असार दोस्रो हप्ताबाट प्रशारण हुने भएको हो ।

डिजिटल अडिशन सम्पन्न भइसकेको र उक्त अडिसनबाट ११० जना प्रतिस्पर्धी छनोट गरिएको छ । ब्लाइन्ड अडिशनको सुटिङ अर्को हप्ताबाट सुरु हुँदैछ । धुम्बाराहीमा रहेको स्टुडियोमा ब्लाइन्ड अडिशनको सुटिङ हुनेछ ।

लाइभ हेर्न चाहनेले उक्त सुटिङ हेर्न सक्ने निर्देशक लक्ष्मण पौडेलले बताएका छन्  । ब्लाइन्ड अडिशनमा २२ हजारले सहभागिताका लागि आवेदन दिएका थिए । पहिलो सिजनमा १२ हजार सहभागी भएका थिए ।

 गत वर्ष लाइभ शोमा एकै दिन चार जना आउट हुँदा राम्रो भएन भन्ने गुनासो आएकाले यसपटक प्रत्यक लाइभ शोमा एक जनाका दरले आउट हुने फर्म्याट ल्याउँदैछौं, निर्देशक पौडेलले भने । यो वर्ष नक आउट चरणमा धेरै बाहिरने छन् ।

गत सिजनमा दीप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेल कोच रहेका थिए । यो वर्ष यी मध्ये दुई जना मात्रै दोहोरिने छन् । दीप श्रेष्ठ र प्रमोद खरेल दोहोरिने स्रोतको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर