प्रदर्शनको नयाँ तरिका : रुँदै धर्नामा बसे पत्रकार [भिडियोसहित]

विराटनगर । पत्रकारहरुले आइतबार जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी रुँदै प्रदर्शन गरेका छन् । सरकारले ल्याएको मिडिया काउन्सिल सम्वन्धी विधेयक फिर्ताको विरोधमा पत्रकारहरुले रुँदै चिच्याउँदै विरोध गरेका हुन् । नेपाल प्रेस युनियन मोरङको आयोजनामा जिल्ला प्रशासन कार्यालय अगाडी पत्रकारहरु आधा घण्टासम्म रोए । उनीहरुले १० लाख कहाँबाट ल्याउँनु भन्दै रुँदै सरकारले अगाडि सारेको विधेयकको विरुद्धमा धर्नापनि दिएका छन् । 

२०७४ सालको आम निर्वाचनमा नेकपा एमाले र नेकपा माअ‍ेवादी केन्द्रबीच चुनाबी गठबन्धन बनेपछि नेपाली काग्रेंसका सभापति शेर बहादुर देउवाले अब मुलुकमा रुन पनि नपाइने भन्ने प्रतिकृया दिएका थिए । चुनावी परिणाम कम्युनिष्ट पार्टीको पक्षमा आएपछि सभापति देउवाले अब अधिनायकवाद आउने भन्दै सरकारको विरोध गरिरहेका छन् । यहि बीचमा सरकारले मिडिया काउन्सिल सम्बन्धि विधेयक संसद सचिवालयमा दर्ता गराएपछि भने नेपाल प्रेस युनियनले पहिलो पटक रोएर विरोध जनाएका छन् । 

नेपाल पत्रकार महासंघले विधेयकका विरुद्धमा आन्दोलन गर्दै आएको छ । त्यसको अतिरिक्त युनियनले थप विरोधको कार्यक्रम गरेको हो । मोरङमा भने सभापति देउवाको भनाई विपरित रोएर उनी निकट पत्रकारहरुले प्रदर्शन गरेका हुन् । कम्युनिष्टको सरकारमा रुनसमेत पाइदैन भन्ने सभापतिको भनाईलाई गलत सावित नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लिलाबल्लभ घिमिरे, मोरङ अध्यक्ष कुमार लुइटेल, अग्रज अनन्तराज न्यौपाने, पूर्व जिल्ला अध्यक्ष मिनकुमार श्रेष्ठ लगायतले रुँदै प्रदर्शन र धर्ना दिएका थिए । 

विरोध कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लिलाबल्लभ घिमिरेले सरकार अधिनायकबाद तर्फ अघि बढेको आरोप लगाए । नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुईँटेलले सरकारले ल्याएको मिडिया काउन्सिल सम्वन्धि कानून पत्रकारको हितमा नरहेको भन्दै फिर्ता गर्न माग गर्दै महासंघ स्वयं आन्दोलनमा रहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर