जागरण अभियानलाई सफल बनाउने कास्की कांग्रेसको तयारी

पोखरा । नेपाली काँग्रेसले सुरु गरेको जागरण अभियानलाई कास्कीका शुभेक्षुक संस्थाहरुले पनि विभिन्न कार्यक्रम गरी अभियानलाई सफल बनाउने भएका छन् ।

काँग्रेस कास्कीले शुभेक्षुक संस्थाहरुका अध्यक्ष र प्रतिनिधिसँग आइतबार छलफल गरी जेठ २५ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो । जागरण अभियानका प्रतिनिधि एवं पार्टी केन्द्रीय सदस्य अर्जुन जोशीले अभियानले कम्युनिष्टको विकल्प जनताले काँग्रेस नै खोजेको हुँदा सबै एक भएर जनतामाझ जान आग्रह गरे ।उनले जनवर्गीय संगठनलाई आ आफ्ना मुद्दाबारेमा जनतालाई सुसूचित गराउन पनि आग्रह गरे ।

काँग्रेस कास्कीका सभापति कृष्ण केसीले काँग्रेसलाई बलियो बनाउन शुभेक्षुक संस्थाहरुको भूमिकामा महत्वपूर्ण हुने बताए । यसैबीच, कास्की काँग्रेसले कास्कीका ३ वटै क्षेत्रमा क्षेत्रीय स्तरका कार्यक्रम सम्पन्न गरेको छ भने दोस्रो चरणमा महानगर, गाउँपालिका, वडा, इकाइ सम्म कार्यक्रम गर्ने जनवर्गीय संगठनहरुले जिल्लासँग समन्वय गरी कार्यक्रम गर्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर