• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

मदन भण्डारीको शव भेटिएको स्थानमा स्वास्थ्य शिविर

चितवन । ऐतिहासिक भूमि, धार्मिक तथा पर्यटकीय गन्तव्य बोकेको चितवनलाई प्रदेश सरकारले ‘चितवनको गौरव, प्रदेश ३ को सौरभ’ भनेर अगाडि बढेको प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताएका छन् । 

मदन भण्डारीको शव भेटिएको ठाउँ भरतपुर–१७ गाँजीपुरमा आइतबार आयोजित श्रद्धाञ्जली तथा निःशुल्क स्वस्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले चितवनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने दाबी गरेका छन् ।

प्रदेश नम्बर ३ को विकासका लागि अन्य जिल्लालाई भन्दा चितवनलाई धेरै बजेट विनियोजन गर्ने उल्लेख गर्दै ढुंगेलले मदन भण्डारीको शव भेटिएको चितवन ऐतिहासिक भूमि भएको बताए । 

२६ औँ मदन आश्रित स्मृति दिवसको अवसरमा आयोजित श्रद्धाञ्जलि तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम मदन भण्डारी फाउण्डेसन चितवन, मदन भण्डारी स्मृति पार्क समिति गाँजीपुर तथा चितवन मोडल हस्पिटल भरतपुरको आयोजनामा गरिएको हो ।

कार्यक्रममा मोडल हस्पिटलका वरिष्ठ कन्सल्टेन्ट एवम् हाडजोर्नी तथा स्पाइन रोड विशेष डाक्टर निराजन सुवेदी, फिजिसियन डाक्टर प्रमोदकुमार दासलगायत ६ जना स्वास्थ्यकर्मीहरुले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर