• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

एक मिनेटभित्र मेस्सीको दुई गोलमा बार्सिलोनाको बराबरी 

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको अन्तिम लिग खेलमा च्याम्पियन बार्सिलोनाले बराबरी खेलेको छ ।

आइतबार  भएको खेलमा बार्सिलोनाले इबरसंग २-२ गोलको बराबरी खेलेको हो । इबरको मैदानमा सुरुवाती अग्रता उल्टाएर बार्सिलोनाले बराबरी खेलेको हो । बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले दुई गोल गरे । इबरका लागि मार्क कुकुरेल्ला र पाब्लो डी ब्लासिसले एक एक गोल गरे ।

खेलको २० औं मिनेटमा कुकुरेल्लाले गोल गर्दै इबरलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, मेस्सीले एक मिनेट भित्र दुई गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएको थियो । ३१ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए ।

त्यसपछि खेलको ३२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए ।  तर, ४५ औं मिनेटमा इबरका ब्लासिसले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन र खेल बराबरीमा सकियो ।

इबरविरुद्ध दुई गोल गरेसंगै मेस्सीले यस सिजन सबैखाले प्रतियोगितामा ५० औं गोल पुरा गरेका छन् । बराबरीसंगै बार्सिलोनाले ३८ खेलबाट ८७ अंक जोड्यो । र, बार्सिलोनाले एट्लेटिको मड्रिडलाई ११ अंकले पछि पार्याे । दोस्रो स्थानको एट्लेटिकोले ७६ अंक जोड्यो ।बार्सिलोनाले उपाधि भने यसअघि नै जितिसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर