अन्तिम खेलमा रियल मड्रिड बेटिससँग पराजित
एजेन्सी । स्पेनिस ला लिगा फुटबलको अन्तिम खेलमा रियल मड्रिड पराजित भएको छ ।
आइतबार भएको खेलमा तेस्रो स्थानमा रहेको मड्रिड दशौं स्थानमा रहेको रियल बेटिससँग २–० गोलले स्तव्ध भएको हो । बार्सिलोनाले ८६ अंकसहित लिग जितिसकेको खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ७६ अंक रहेको छ ।
रियल मड्रिडलाई उसकै मैदानमा हराउन बेटिसका जेसस मेरोन र जेसस रोड्रिग्वेजले गोल गरेका थिए । पहिलो हाफ गोल रहित बराबरी भएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएका हुन् ।
प्रतिकृया दिनुहोस