• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सुदुरपश्चिम प्रदेश गौरवको आयोजना

महाकालीमा पुल निर्माणको काम तिव्रगतिमा हुँदै

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित ओदालीमा निर्माण गरिने महाकाली नदीको चार लेनको पुल निर्माणको कार्य तिव्रगतिमा  भइरहेको छ ।  गत बर्ष भदौंमा प्रधानमन्त्री शेरबहादुर देउवाले पुलको शिलान्यास गरे पश्चात पुल निर्माणको जिम्मा पाएको कुमार सीएसईसी जेभीले निर्माण सामाग्री जडान पुलको पिल्लर बनाउने कार्य तिव्र गतिमा गरिरहेको छ । 

निर्माण कम्पनीले पुल निर्माणस्थल छेउमा पुलको मूख्य पिल्लर र साहायक पिल्लर बनाउने कार्य गरेको छ । ओदालीदेखि उत्तर गड्डाचौकीसम्म निर्माण हुने ४ लेनको सडकको सर्वे सकिएर ९५ प्रतिशत पुलको  निर्माण कार्य चरणमा रहेको महाकाली पुल योजना कार्यालय भीमदत्त नगरका प्रमुख खडक लाल श्रेष्ठले जानकारी दिए ।  ‘सडकमा पर्ने जग्गाधनीलाई मुआब्जा दिन रु १० करोड बजेट यो बर्ष बिनियोजन भएको छ ।’ श्रेष्ठले भने–‘मुआब्जा वितरणको कार्य ९७ प्रतिशत पुरा भएकाले  सडक निर्माणको काम पनि सुरु हुन्छ ।’ 

उता पुल निर्माण कम्पनीले पुलका लागि क्रसर प्लान्ट, ब्याचिङ्ग प्लान्ट, क्याम्प, पुलका लागि करिब ७० हजार घरमिटर ढुंगा, वालुवा संकलन भइसकेको जनाएको छ । पुलको ३० वटा मुख्य पिल्लर मध्ये १२ वटा पिल्लरको कार्य अन्तिम चरणमा पुगेको छ । 

पुलसंगै महाकाली नदी वारी करिब ६ किलोमिटर र पारी दोधाराचादँनीतर्फ डेढ किलोमिटर चार लेनको सडक समेत निर्माण हुनेछ । ‘पुलका लागि चालु आवमा रु ५५ करोड रकम आएको छ ।’ महाकाली पुल योजना कार्यालयका प्रमुख श्रेष्ठले भने–‘पुल निर्माणको तयारी सन्तोषजनक रुपमा अघि बढिरहेको छ ।’ उनले सडकमा पर्ने रुख कटानीका लागि सम्वन्धीत कार्यालयलाई पत्राचार समेत भइसकेको जानकारी दिए ।

३ अर्व २७ करोड ९३ लाख ३४ हजारमा निर्माणको सम्झौता भएको छ । निर्माण अवधी ३ बर्ष तोकिएको छ । पुल निर्माण भए कञ्चनपुर नेपाल–भारतको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकास हुने स्थानीयबासीको अपेक्षा रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर