फिल्म ‘रातो टिका निधारमा’ को औपचारिक घोषणा

काठमाडौं । फिल्म ‘रातो टिका निधारमा’को औपचारिक घोषणा गरिएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको घोषणा गरिएको हो ।  अशोक शर्माले निर्माण तथा निर्देशनमा  फिल्म मार्फत छोरा अंकित शर्मालाई नायकको रुपमा डेब्यु गराउदै छन् ।

फिल्ममा अंकितसगैं साम्राज्ञी राज्यलक्ष्मी शाह, निता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठ लगायत कलाकारको पनि अभिनय रहनेछ । 

किरण शर्मा र कृति शर्माले निर्माण गरेको फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन, मित्र देव गुरुङको सम्पादन रहनेछ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर