कारोबारले अर्ब नाघ्दा नेप्सेमा झण्डै दोहोरो अंकको गिरावट

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से सूचक ९ दशमलव १३ अंकले घटेको छ । यसअघि साताको पहिलो दिन नेप्से सुचक करिब २ अंकले झरेको थियो । 

सुचक घटेपनि कारोबार रकम भने अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार १७२ कम्पनीको एक अर्ब २२ करोड पाँच लाख सात हजार ४८५ रुपैयाँको ३३ लाख ९८ हजार ६८० कित्ता सेयर किनबेच भएको छ । 

आज सबैभन्दा बढी शिवम सिमेन्टको सेयर किनबेच भएको छ । कम्पनीको २५ करोड २१ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको हो । त्यसैगरी, नेपाल बैंकको २३ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको हो । 

यसदिन कारोबार भएका ११ सुचकहरुमध्ये जलविद्युत र अन्य सूचक बढेको छ भने बाँकी नौ सुचकहरु घटेका छन् । 
सोमबार सर्वाधिक कमाउनेमा कर्पोरेट डेमलपमेन्ट बैंकका लगानीकर्ताहरु रहेका छन् । बैंकको सेयर भाउ ९ दशमलव ९१ प्रतिशतले बढेको छ । त्यस्तै मल्टी पर्पोज फाइनान्सको सेयर भाउ ९ दशमलव ७० प्रतिशतले बढेको छ । 

यता, सर्वाधिक गुमाउनेमा भने पाँचथर पावर कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर भाउ ७ दशमलव ७६ प्रतिशतले बढेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर