समानुपातिक सांसदलाई पनि बजेट

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरुले ’स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’का लागि बजेट पाउने भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट कार्यक्रममा बजेटको व्यवस्था गर्न  लागेको बताइएको छ । 

संघीयता कार्यान्वयनमा आएसँगै सांसदलाई बजेट बाँड्ने कार्यक्रम खारेज गर्नुपर्ने विज्ञहरुको सुझाब आएकै बेला समानुपातिक सांसदका लागि पनि बजेटको व्यवस्था गर्न लागिएको छ । अर्थमन्त्रालयका एक उच्च अधिकारीले आगामी बजेटमा समानुपातिक सांसदका लागि पनि बजेट छुट्याउने तयारी रहेको बताए । यद्यपी कति बजेट भन्नेबारे भने यकिन भइनसकेको उनको भनाई छ । 

नाम उल्लेख नगर्ने शर्तमा उनले भने, 'संभवत आगामी बजेटमा समानुपातिक सांसदका लागि पनि बजेटको व्यवस्था हुन्छ ।' 

अहिले प्रत्यक्ष निर्वाचित सांसदले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’का लागि ४ करोड रुपैयाँ पाउँदै आएका छन् । प्रत्यक्ष निर्वाचि सांसदले बजेट पाउँदा समानुपातिक सांसदले आफूहरुमाथि विभेद भएको भन्दै बजेटको माग गर्दै आएका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर