• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

‘पब्जी’पछि गुजरातमा सार्वजनिक स्थलमा जन्मदिन मनाउन प्रतिबन्ध !

तस्विर : वेब

एजेन्सी । गुजरातको सुरतमा सार्वजनिक स्थलँमा जन्मदिन मनाउन प्रतिबन्ध लगाइएको छ । यस्तो कदम उठाउने गुजरात भारतकै पहिलो राज्य बनेको भारतीय सञ्चारमाध्यमले बताएका छन् । 

हालै मात्रै सुरतका प्रहरी आयुक्तले एक सुचना जारी गर्दै रातो समयमा सार्वजनिक स्थलमा जन्मदिन मनाउन नपाइने बताएका छन् । 

सुचनामा लेखिएको छ, ‘रातको समयमा सर्वजनिक स्थलमा जन्मदिन मनाउने सकिने छैन । कोहीले पनि कसैको अनुहारमा केक वा फर्म स्प्रेको प्रयोग गर्न पाउँदैन । यसबाहेक, सार्वजनिक स्थलमा हो–हल्ला मच्चाउन पाइदैन ।’

सुचनाबाट यो स्पष्ट हुन्छ, यो निर्णय त्यहाँका नागरिकको गुनासोको मध्यनजर गर्दै लिइएको छ । यसबाहे सामाजिक सञ्जालको माध्यमबाट थुप्रै घटनाहरु सार्वजनिक भएका छन्, जसमा जन्मदिन मनाएकोमा कुटपिट गरिरहेको जस्ता क्रिया देख्नमा आयो । 

यस्ता प्रतिबन्ध लगाउने गुजरात भारतको पहिलो राज्य भएपनि गुजरातका लागि यस्ता प्रतिबन्ध यो पहिलो पटक होइन । 

केही समयअघि मात्रै गुजरातमा पब्जी खेल, हुक्का बार, केही फिल्म, नाटक र केही पुस्तकमाथि पनि प्रतिबन्ध लगाइसकेको छ । भारतमा मदिरामाथि प्रतिबन्ध लगाउने पहिलो राज्य गुजरात नै हो । बिबीसी हिन्दी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर