• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

हाँस्यकलाकार जेलेन्स्कीले सम्हाले युक्रेनको बागडोर, गरे पृथकतावादीसँग संघर्ष विराम गर्ने बाचा 

तस्विर : वेब

किभ । सानो पर्दामा राष्ट्रपतिको भूमिका निभाएका हाँस्यकलाकार भोलोडिमायर जेलेन्स्कीले सोमबार युक्रेनको बागडोर सम्हालेका छन् । 

राष्ट्रपति पदको सपथ लिएपछि जेलेन्स्कीले उनको पहिलो काम पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादीसँग संघर्ष विराम गर्ने बाचा गरे । यस संघर्षमा हालसम्म करिब १३ हजार मानिसले ज्यान गुमाइसकेका छन् । 

यस्तै, पृथकतावादीहरुले नयाँ राष्ट्रपतिसँग वार्ता गर्नसक्ने संकेत पनि दिएका छन् । 

जेलेन्स्कीले संसदमा संविधान र बाइबलमाथि आफ्नो हात राखेर युक्रेनको प्रभुत्व र स्वतन्त्रताको रक्षा गर्ने सपथ खाए । उनले आफ्नो पहिलो भाषणमा संसदलाई भ)ग गर्ने घोषणा गरे । 

युक्रेनमा यसै वर्ष अक्टोबरमा मात्रै संसदीय चुनाव गरिने भएको थियो, तर तोकिएको मितिभन्दा अगाडि नै गराइयो । 

गत २१ अप्रिलमा भएको राष्ट्रपति निर्वाचनमा ४१ वर्षीय जेलेन्स्कीले पूर्वराष्ट्रपति पेट्रो पोरोशेन्कोलाई नराम्ररी पराजित गरेका थिए । राजनीतिमा कुनै अनुभव नभएको जेलेन्स्कीको पक्षमा ७३ प्रतिशत मत खसेको थियो । एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर