आपत्तिजनक ट्विटका कारण विवादमा घेरिए अभिनेता विवेक ओबराय

तस्विर : वेब

मुम्बई । भारतमा लोकसभा चुनावको मत सर्वेक्षणहरुको अनुमान देखेर मानिसहरु सामाजिक सञ्जालमा फरक–फरक प्रतिक्रिया दिइरहेका छन् । जसमा विभिन्न हाँस्य–ब्यंग्य ‘मेमे’हरु बनाएर सेयर गरिरहेका छन् । 

सोमबार अभिनेताल विवेक ओबरायले पनि यस्तै एक मेमे सेयर गरे, जसका कारण उनी विवादमा तानिएका छन् । यस मेमेमा अभिनेता सलमान खान, विवेक ओबराय र अभिषेक बच्चनसँग ऐश्वर्याको फरक–फरक तस्विरलाई ‘कोलाज’ बनाइएको छ । 

मेमेको तस्विरमा अभिषेक बच्चन र ऐश्वर्या रायको छोरीलाई पनि देखिन्छिन्, जसका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले निक्कै आलोचना गरिरहेका छन् र यसलाई अनुचित बताइरहेका छन् । 

यस्तै, भारतको राष्ट्रिय महिला आयोगले अभिनेता विवेक ओबरायलाई सुचना जारी गरी एक्जिट पोल्सलाई लिएर उनको विवादित ट्वीटलाई लिएर स्पष्टीकरण मागेको छ । उत्रा महाराष्ट्र राज्यको महिला आयोगले पनि विवेकको यस्तो ट्विटलाई आपत्तिजनक भन्दै सुचना जारी गरेको छ । 

Haha! ???? creative! No politics here....just life ????????

Credits : @pavansingh1985 pic.twitter.com/1rPbbXZU8T

— Vivek Anand Oberoi (@vivekoberoi) May 20, 2019

राष्ट्रिय महिला आयोगले जारी गरेको सुचनामा भनिएको छ, मिडिया रिपोर्टका अनुसार तपाईले एक महिला र एक नाबालिकाको तस्विरलाई ट्वीटरमा पोस्ट गरेर उनीहरुको अपमान गर्नु भएको छ । विवेकले एक्जिट पोल र एक महिलाको नीजि जीवनबीच बेतुक तरिकाले तुलना गरेको सुचनामा बताइएको छ । ‘यो पोसट महिलाप्रति असम्मानलाई दर्शाउद्ध र यसमा तपाईसँग स्पस्टीकरण मागिन्छ’, सुचनामा भनिएको छ । 

अभिनेता विवेक ओबरायले मेमेलाई सेयर गर्दै लेखेका थिए, ‘हाहा, क्रिएटिभ, यहाँ कुनै राजनीति भएको छैन... केवल जिन्दगी ।’ विवेकले ट्विट गरेको केही मिनेटमै ट्विटरमा ह्यासट्याग विवेकओबराय ट्रेन्डिङमा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विवेकको यस ट्वीटलाई केही बलिउड हस्तिहरुले पनि आलोचना गरिरहेका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म ‘पिएम नरेन्द्र मोदी’मा विवेक ओबरायले मुख्य भुमिका निभएका छन् । रिलिजलाई विवादमा घेरिएका कारण ११ अप्रिलमा रिलिज हुनुपर्ने यो फिल्म अब २४ मेमा रिलिज हुनेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर