• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

१३ औं सागका लागि प्याराग्लाइडिङका खेलाडी छनौट, पोखरामा हुँदैछ प्याराग्लाइडिङ

पोखरा । नेपालमा आगामी डिसेम्बर १ देखि १० तारिख सम्म हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) का लागि नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले खेलाडी छनौट गरेको जनाएको छ । 

संघले प्यारग्लाईडिङका दुई वटा अलग–अलग इभेन्ट टिम क्रस कन्ट्रि (एक्सी) र एक्यूरेसी तर्फ गरि टिम, व्यक्तिगतका महिला तथा पुरुष खेलाडी छनौट गरेको संघका महासचिव शैलेन्द्र राउतले जानकारी दिएका छन । खेलाडीहरुले ८ औं राष्ट्रिय खेलकुदमा पाएको मेडल र अंकको आधारमा छनौट गरिएको उनले बताए । संघले ४ जना प्रशिक्षक सहित २७ जना खेलाडीको नाम पठाएको महासचिव राउतले बताए । 

टिम क्रस कन्ट्रि (एक्सी) तर्फ बिमल अधिकारी टिम क्याप्टेन रहेका छन । १८ औं एशियाली खेलकुदमा रजत पदक जित्दा उनी टिम क्याप्टेन रहेका थिए । उक्त इभेन्टमा सुरज थापा, विशाल थापा, आशिष थापा, कृष्ण बहादुर सुनुवार, मोहन बहादुर सुनुवार, शेर बहादुर गुरुङ, सुशिल गुरुङ, यूकेश गुरुङ, बिजय दाहाल र नारायण प्रसाद मरासिनी रहेका छन । 

यसैगरि टिम एक्यूरेसी तर्फ सागर नेपाली, ऋषि जलारी पोडे, अनिश भट्टराई, बिजय गौतम, रोशन बस्नेत, यूबराज सुनुवार, रबि राज दर्लामी मगर, आयूष शाह, रुपेश साउद, र विशाल थापा रहेका छन । यसै गरि महिला टिम क्रस कन्ट्रि (एक्सी) तर्फ त्रिसा श्रेष्ठ बमजन, स्वस्तिका गुरुङ, सुस्मिता सुनुवार र महिला एक्यूरेसी तर्फ दुर्गा माया गुरुङ, प्रतिभा भुजेल र सबिता तामाङ रहेका छन । 

यसैगरि प्रशिक्षकमा योगेश भट्टराई, सुरेन गुरुङ, दामोदर पराजुली र खुमबहादुर गुरुङ रहेका छन । छनौटमा परेका प्रशिक्षक मध्ये भट्टराई १८ औं एशियाली खेलकुदका समेत प्रमुख प्रशिक्षक हुन । उनी नेपाल हवाई खेलाकुद संस्था (ना) का अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन । 

१३ औं साग अन्तरगत प्याराग्लाईडिङ खेल पोखरामा हुनेछ । त्यसका लागि तयारी समेत शुरु भइसकेको महासचिब राउतले बताए । छनौटमा परेका खेलाडीको राष्ट्रिय खेलकुद परिषदले जेठको दोश्रो साता बाट बन्द प्रशिक्षण शुरु गर्ने जनाएको छ । छनौटमा परेका खेलाडी पोखरामा नै बन्द प्रशिक्षणमा रहने छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर