चितवनमा आत्महत्याकाे चरम अवस्था, १० महिनामा १ सय १५ ले मृत्यू राेजे

चितवन । घटना –१ गत चैत्र २२ गते चितवनमा एकै परिवारका ३ जनाले एकसाथ आत्महत्या गरे । आत्महत्या गर्ने परिवार नेपाली सेनाको थियो । भरतपुर महानगरपालिका–१८ स्थित शशीनगरको शहरी क्लिनिक टोलमा बस्दै आएका एक परिवारका आमासहित २ सन्तानले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेहरुले लेखेको सुसाईड नोटमा घरमूली प्रति चरम असन्तुष्टी पोखिएको थियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेकाले निचोड निकाल्न हतारो होला ।  

घटना–२ केही दिन अगाडी एक युवतीले आत्महत्या गरिन् । प्रेममा रहेकी उनी गर्भवती भइन्, अविवाहित उनले सुसाईड नोट लेखेर आत्महत्या गरिन् । प्रहरीले उनको प्रमीलाई पक्राउ गरेर अहिले अनुसन्धान गरिरहेको छ । 

घटना–३ इलाका प्रहरी कार्यालय रत्ननगरको थुनुवा कक्षमा आत्महत्याको प्रयास गरेका समीर घिसिङको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार घिसिङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । 

घटना –४ चोरीको अभियोगमा वैशाख २५ गते पक्राउ परेका कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय घिसिङले २६ गते दिउँसो थुनुवाकक्षमा रहेको शौचालयमा नै आत्महत्याको प्रयास गरेका थिए ।

विगत साउन यता चितवनमा १ सय १५ जना आत्महत्या गर्न सफल भएभने केहीले असफल प्रयास गरेका छन् । आत्महत्या मध्य झुण्डिएर सबैभन्दा बढी ९९ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । त्यस्तै विष सेवन गरेर १४ जना, हामफालेर १ जना, हतियार वा औजार प्रयोग गरेर १ जनाले आत्महत्या गरेका छन् ।

झुण्डिएर आत्महत्या गर्ने ९९ जना मध्ये ५३ जना पुरुष, ३३ जना महिला, ४ जना बालक र ९ जना बालिका रहेको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । त्यसैगरी बिष सेवन गरेर आत्महत्या गर्ने मध्य ९ जना पुरुष, ४ जना महिला र १ जना बालक रहेका छन् । हामफलेर १ जना, औजार प्रयोग गरेर एक जना महिलाले आत्महत्या गरेको तथ्याङक रहेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता दिपेन्द्र रेग्मीका अनुसार आत्महत्या गर्नुको मुख्य कारण पारिवारीक कलह, अनैतिक तथा अप्राकृतिक प्रेम सम्बन्ध जस्ता विषय मुख्य समस्याका रुपमा देखिएका छन् । दिर्घरोग, गरिबी, डिप्रेसन लगाएतका कराण पनि मानिसले आत्महत्या गरीरहेका छन् भने बालबालिकाको मृत्यु हुनुमा परिवारको सही अभिाभावकत्व हुन नसक्नु जस्ता कारण देखिएको प्रवक्ता रेग्मीले बताए । 

गतवर्ष २०७४÷७५ को तथ्याक हेर्दा पनि आत्महत्याको दर डर लाग्दो देखिएको थियो । गतबर्ष मात्रै १ सय ३९ जनाले आत्महत्या गरेको प्रहरी तथ्याकले देखाएको छ । 
 
२०७४÷७५ मा १ सय जनाले झुण्डिएर आत्महत्या गरेका छन् । यसरी आत्महत्या गर्नेमा ५९ जना पुरुष, ३७ जना महिला, दुई जना बालक र दुई जना बालिका रहेका छन् । 

त्यसैगरी ३७ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन्, ३७ जनामध्ये २२ जना पुरुष, ११ जना महिला र १ जना बालक र २ जना बालिका रहेका छन् । ३ जनाले आमफालेर आत्महत्या गरेका छन् । यसरी आत्महत्या गर्नेमा पुरुष महिला र बालक एक–एक जना रहेका छन् । 

आत्महत्या परिवारका लागि अचानक र कल्पनै नगरेको घटना हुने गर्दछ । कसैले केही कारणले  आफैले आफैलाई हत्या गर्नु सहज छैन । यसको असर परिवारले लामो समयसम्म या जिन्दगीभर नै भोग्नुपर्ने हुन्छ । घरको मुली तथा आयआर्जन गर्ने मुख्य व्यक्तिले आत्महत्या गर्दा परिवारमा ठुलो आर्थिक समस्या समेत पर्न सक्दछ । 

परिवारका सदस्य जस्तै बालबालिकामा शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पर्न सक्छ । यी विविध पाटोलाई ख्यालमा राखेर आत्महत्या गर्नुको कारण खोज्नु पर्ने अधिकारकर्मी मिना खरेल बताउछिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर