• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

ट्रम्प र राजकुमार चाल्र्सबीच भेटवार्ता हुने

तस्विर : वेब

लण्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना गर्न लागेको बेलायत भ्रमणका क्रममा उनले बेलायतका राजकुमार चाल्र्ससँग भेटवार्ता गर्न सक्ने सीएनएनले सोमबार जानकारी दिएको छ ।

अपराह्न चियाको समयमा  ट्रम्प र चाल्र्सबीच भेटवार्ता हुने अनुमान गरिएको छ । यद्यपी ह्वाइट हाउसले यस विषयमा केही टिप्पणी गरेको छैन । 

यसअघि ७० वर्षीय राजकुमार चाल्र्सले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट गर्न अनिच्छा देखाएको समाचारहरु प्रकाशन भएका थिए । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले आगामी जुन ३ मा बेलायतको औपचारिक भ्रमण गर्दैछन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर