ट्विटरमा एक ‘मेमे’ सेयर गरेर विवादमा आएका अभिनेता विवेक ओबरायले मागे माफी

तस्विर : वेब

एजेन्सी । भारत निर्वाचन सकिएपछि मत परिणामलाई लिएर विभिन्न मत सर्वेक्षणहरुको अनुमानप्रति व्यंग्य गर्ने एक ‘मेमे’ सोमबार ट्विटरमा सेयर गरेपछि बलिउड अभिनेता विवेक ओबराय विवादमा तानिए । 

यद्यपि, मंगलबार बिहानै ट्विट गर्दै उक्त सेयर गरिएको मेमे डिलिट गर्दै विवेकले माफी मागेका छन् । विवेकले एकसाथ दुई ट्विट गर्दै माफी मागेका हुन् । 

उनले पहिलो ट्विटमा लेखेका छन् – कहिलेकाही कतिपयलाई पहिलो पटकमा रमाइलो र हानिरहित लाग्ने अर्कोलाई सायद नलाग्न सक्छ । मैले पछिल्लो १० वर्षमा २ हजारबढी असहाय महिलाको सशक्तिकरणमा बिताए । मैले कहिले पनि कुनै महिलालाई अपमान गर्ने बारे सोच्न सक्दिन ।

त्यस्तै, अर्को ट्विटमा उनले माफी माग्दै लेखेका छन् – यदि मेमेलाई दिएको मेरो उत्तरले कुनै पनि एक महिलालाई आहत पुर्याएको छ भने यसमा सुधार आवश्यक छ । माफी माग्न चाहान्छु । ट्विट डिलिट भइसक्यो’ । 

सोमबार अभिनेताल विवेक ओबरायले पनि यस्तै एक मेमे सेयर गरे, जसमा अभिनेता सलमान खान, विवेक ओबराय र अभिषेक बच्चनसँग ऐश्वर्याको फरक–फरक तस्विरलाई ‘कोलाज’ बनाइएको छ ।  


मेमेको तस्विरमा अभिषेक बच्चन र ऐश्वर्या रायको छोरीलाई पनि देखिन्छिन्, जसका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले निक्कै आलोचना गरे । यसलाई अनुचित बताउँदै भारतको राष्ट्रिय महिला आयोगले अभिनेता विवेक ओबरायलाई सुचना नै जारी गरी स्पष्टीकरण मागेको थियो ।

विवेकले ट्विट गरेको केही मिनेटमै ट्विटरमा ह्यासट्याग विवेकओबराय ट्रेन्डिङमा आएको थियो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म ‘पिएम नरेन्द्र मोदी’मा विवेक ओबरायले मुख्य भुमिका निभएका छन् । रिलिजलाई विवादमा घेरिएका कारण ११ अप्रिलमा रिलिज हुनुपर्ने यो फिल्म अब २४ मेमा रिलिज हुनेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर