सेयर लगानीकर्ताको रोजाइमा नेपाल बैंक र शिवम सिमेन्ट

काठमाडौं । साताको तेश्रो दिन मंगलबार सेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । आज नेप्से सुचक ४ दशमलव ४२ अंकले बढेर एक हजार ३ सय १२ दशमलव १४ को बिन्दुमा कारोबार बन्द भएको छ । 

सुचक बढेपनि आज कारोबार रकम भने घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार १७३ कम्पनीको ८१ करोड ४४ लाख ५२ हजार २ सय ६७ रुपैयाँको ३१ लाख २ हजार २८४ कित्ता सेयर किनबेच भएका छन् । 

अघिल्ला दिनहरुमा जस्तै आज पनि लगानीकर्ताको रोजाइमा नेपाल बैंक र शिवम सिमेन्ट परेको छ । आज कुल १७३ कम्पनीको सेयर कारोबार भएकोमध्ये नेपाल बैंकको सर्वाधिक सेयर किनबेच भएको छ । बैंकको ८ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यसैगरी शिवम सिमेन्टको ६ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 
यसअघि सोमबार शिवम सिमेन्टको २५ करोड २१ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको थियो भने नेपाल बैंकको २३ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । 

त्यस्तै साताको पहिलो दिन आइतबार नेपाल बैंकको २२ करोड ६८ लाख रुपैयाँ र शिवम् सिमेन्ट १८ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर