• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

थुनामा १३ वर्षीय बालकको मृत्यु

तस्विर : वेब

वासिंटन । संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा अमेरिकी आप्रवासन थुनामा रहेका ग्वाटेमालाका १६ वर्षीय एक बालकको मृत्यु भएको छ । 

अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी)का अनुसार टेक्सासको हिडाल्गो नजिक गत मे १३ मा अवैध रुपमा प्रवेश गरेका ती किशोरलाई सीमा सुरक्षा निकायले गिरफ्तार गरेको थियो ।

नाम नखुलाइएका ती बालकको रियो ग्रान्डे भ्याली सेक्टरको वेस्लाको स्टेशनमा मृत्यु भएको थियो । 

ती बालकको मृत्यु हुनुको कारण भने खुलेको छैन । गत डिसेम्बरयता अमेरिकी थुनामा मृत्यु हुने यी पाँचौं आप्रबासी बालक हुन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर