• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

काम नगर्ने कर्मचारीलाई कडा कार्वाही हुन्छ : मन्त्री पण्डित 

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । 

मन्त्री पण्डितले सबै कर्मचारीलाई उत्साहका साथ काम गर्ने वातावरण बनाउन सरकार लागि परेको दावी गरे । मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि समितिका सदस्यहरुले उठाएका विभिन्न प्रश्नको जवाफ दिने क्रममा उहाँले तत्काल करारमा रहेका कर्मचारीलाई हटाउने व्यवस्था नरहेको पनि स्पष्ट पारे ।

उनले तत्कालका लागि खुला प्रणाली र करार दुवैबाट राष्ट्रिय आवश्यक्ताको आधारमा कर्मचारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न लागिएको पनि बताए । मन्त्री पण्डितले कर्मचारीहरुको मनोबल गिराउने काम सरकारबाट नहुने प्रतिवद्धता पनि दोहो¥याए । जिम्मेवारी अनुसार कामै नगर्ने कर्मचारीलाई सरकारले कडा कार्वाही गर्ने मन्त्री पण्डितको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर