• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

फ्रान्सको चर्चित इफेल टावर किन खाली गराइयो ?

तस्विर : वेब

पेरिस । फ्रान्सको राजधानी पेरिसमा रहेको चर्चित इफेल टावरमा सोमबार एक व्यक्ति चढेपछि यसलाई खाली गराइएको बिबीसीले जनाएको छ । 

इफेल टावरको रेखदेख गर्ने दुई कम्पनीले ट्विट गर्दै एक व्यक्ति फलामको रडको सहारामा टावरको टुप्पोमा पुगेपछि टावरका सबै तलामा खाली गराउनु परेको बताए । यद्यपि, सो टावरको टुप्पोमा पुग्ने व्यक्तिलाई गिर्फतार गरिसकिएको बताइएको छ । 

परिचय नखुलेको ती व्यक्ति टावरको टुप्पोमा करिब ६ घण्टा अड्किएका थिए । ती व्यक्तिले लिफ्टको सहारा नलिई फलामको छडबाट किन टावर चढे भन्ने खुलिसकेको छैन । मंगलबार स्थानीयसमयअनुसार ९ः३० बजेसम्म टावरमा आगन्तुकलाई प्रवेश निषेध गरिएको थियो । 

ती व्यक्ति दोश्रो तलासम्म सामान्य रुपले पुगेपछि फलामको छडको सहारामा माथि चढ्न थालेको इफेल टावरका प्रवक्ताले रोयटर्सलाई बताए । 

यसअघि सन् २०१७ को अक्टोवरमा पनि टावरलाई खाली गर्नु परेको थियो । त्यस दौरान एक युवक टावरमा चढेर आत्महत्या गर्ने धम्की दिइरहेको थियो । यद्यपि, ती व्यक्तिलाई पनि प्रहरीले सम्झाई–बुझाई गरेर तल उतारेको थियो । 

गत वर्ष मात्रै १३० औँ वर्षगाँठ मनाएको इफेल टावरको पहिलो दुई तलासम्म लिफ्ट वा सिँढीबाट पुग्न सकिन्छ, तर यदि त्यहाँभन्दा माथि जान चाहानुहुन्छ भने लिफ्ट नै प्रयोग गर्नुपर्ने हुन्छ । एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर