दमकमा पत्रकार सम्मेलनस्थलबाटै एकजना पक्राउ

झापा । झापाको दमकमा पत्रकार सम्मेलन स्थलबाटै एक जना ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ  । दमकमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्र संघर्ष समितिका सचिव करणसिंह बस्नेत लाई आज पत्रकार सम्मेलन स्थलबाटनै प्रहरीले पक्राउ गरेको हो । 

औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा अधिग्रहण गर्दा आफूहरू मारमा परेको भन्दै पत्रकार मञ्च दमकमा पत्रकार सम्मेलन गर्दै गर्दा बस्नेत लाई केन्द्रीय अनुसन्धान ब्युरो सिबीआइको टोलीले पक्राउ परेको हो । बस्नेतमाथि ठगीको उजुरी रहेको प्रहरीले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामल सुब्बाका अनुसार मोहनकुमार खड्काको उजुरीका आधारमा बस्नेतलाई पक्राउ गरिएको हो । बस्नेतबिरुद्ध खड्काले चेक बाउन्सको उजुरी हालेको र सोहि आधारमा पक्राउ गरिएको  प्रहरीले जनाएको छ  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर