• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, एक घाइते

काठमाडौं । विप्लव समूहका एक कार्यकर्तालाई प्रहरीले भोजपुरबाट पक्राउ गरेको छ । प्रहरीले जिल्लाको ट्याम्के मैयुम गाउँपालिका १ बाट गोली हानी एक जनलाई पक्राउ गरेको हो । 

प्रहरीलाई जंगलमा समूहभन्दा पछाडी रहेका एक व्यक्तिले कम्मरमा भिरेको पेस्तेल फायरिङ गरेपछि प्रहरीले जवाफी फाइरिङ गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घाइतेको तिघ्रामा गोली लागेको छ । घाइते हुनेमा ३२ वर्षीय तीर्थराज घिमिरे रहेको प्रहरीले बताएको छ । 

गस्ती गर्ने क्रममा जम्काभेट भएपछि गोली प्रहार भएको प्रहरीले बताएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर