• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सरकारसँग अवसर र चुनौती दुवै छन : युवराज ज्ञवाली

लमही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले चुनावको समयमा कम्युनिष्ट पार्टीले बनाएको घोषणापत्रलाई आत्मसात् गर्दै अघि बढेमा मुलुक समृद्ध बन्ने बताएका छन् । रिपोर्टस् क्लब दाङले आज आयोजना गरेको अन्तक्र्रियामा नेता ज्ञवालीले विगतको तुलनामा भ्रष्टाचार घटाउन प्रयत्न भएको बताए ।

‘भ्रष्टाचार अहिलेमात्रै होइन, विगतदेखि हुँदै आएको थियो, त्यो अहिले पनि घट्न सकेको छ्रैन, यसको दोष कम्युनिष्ट पार्टीको होइन’, उनले भने, ‘अब यसलाई घटाउने जिम्मेवारी कम्युनिष्टको काँधमा आएको छ ।’ उनले मिडिया काउन्सिल विधेयक पार्टीमा छलफल नभएको समेत बताए ।

नेता ज्ञवालीले अहिले अर्थतन्त्रमा दलाल पूँजीपतिको हात रहेको र सत्तामा कम्युनिष्ट पार्टी भएको भन्दै यसमा ठूलो अन्तरविरोध भएको बताए । उनले पार्टीको जिल्ला तहको एकताले पूर्णता पाइसकेको र बाँकी विभाग, पोलिटब्यूरोको टुङ्गो लगाउने कार्य जारी रहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर