• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

सत्ती भन्सार : चार करोड ५० लाख राजश्व सङ्कलन

कैलाली । कैलालीको व्यापारिक नाका सत्ती भन्सार कार्यालय टीकापुरले सात महिनामा रु चार करोड ४९ लाख ७३ हजार १०० राजश्व सङ्कलन गरेको छ । 

भन्सार कार्यालयका प्रमुख वसन्त केसीले गतसालको कात्तिकदेखि यही वैशाख मसान्तसम्म छ महिनाको अवधिमा सो रकम बराबर राजश्व सङ्कलन भएको जानकारी दिए ।

उनले आवश्यक कार्यालय नभएका कारण अझ सोचेजति राजश्व सङ्कलन गर्न नसकिएको बताए । यसअघि छोटी भन्सारका रुपमा रहेको सत्ती भन्सार गत कात्तिक ५ गतेपछि मूल भन्सारमा स्तरोन्नति भएको हो । त्यसअघि गत साउनदेखि कात्तिक ४ गतेसम्म छोटी सो भन्सार कार्यालयले रु ३९ लाख राजश्व मात्र सङ्कलन गरेको थियो ।  

गतवर्ष वार्षिक रु दुई करोड राजश्व सङ्कलन गरेको भन्सारले यसवर्ष सात महिनामै दोब्बर राजश्ज सङ्कलन गरिसकेको छ । ╡यो रकम पनि कम नै हो, हाम्रो लक्ष्य त रु नौ करोड बढी राजश्व सङ्कलन गर्ने लक्ष्य हो’, उनले भने, ‘भन्सारमा आवश्यक कार्यालय पशु क्वारेन्टाइन, खाद्य प्रयोगशालाजस्ता अतिआवश्यक कार्यालय छैनन्, जसले पशुजन्य र खाद्य गुणस्तर जाँच गर्नुपर्ने सामान यो बाटो आउंदैनन् ।’भारततर्फ कच्ची र साँघुरो बाटो भएका कारण ठूला सवारी साधन पनि आउन नसकेको उउनले बताए ।

खुला सिमानाका र पर्याप्त कर्मचारी नहुँदा समस्या रहेको बताइएको छ । गत कात्तिक महिनाको अन्ततिर भन्सारसँगै सशस्त्र प्रहरी बलको बेसक्याम्प स्थापना गरिएको थियो । प्रहरी स्थापना भएपछि राजश्व सङ्कलनमा वृद्धि भएको उल्लेख गर्दै प्रमुख केसीले सशस्त्र प्रहरीको उपस्थिति पछि चोरी निकासीमा समेत कमी आएको बताए । उनले भने, ‘सात महिनाको अवधिमा रु एक करोड बराबरको सामान पक्राउ पनि गरेका छौँ, अब लिलाम पक्रियामा जाने तयारी हुँदैछ ।’ भन्सार कार्यालयले ११३ थान मोटरसाइकल र एक थान स्कारपियो कारसमेत बरामद गरेको छ । मोटरसाइकल र कारको समेत लिलाम प्रक्रिया शुरु गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर