• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

‘सरकारको काम नबुझि सुझो न बुझो यत्तिकै उफ्रनु ठिक नहोला’ : मन्त्री बाँस्कोटा

काठमाडौं । सूचना तथा संचार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सरकारको काम बुझेर मात्र टिप्पणी गर्न आह्वान गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक घुमाउरो स्टाटस पोस्ट गर्दै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् ।

खेतमा धान रोपेको पनि ३, ४ महिनामा मात्र काट्न जापर्ने प्रसंगलाई उल्लेख गर्दै मन्त्री बाँस्कोटाले सो कुरा बताएका हुन् । ‘खेतमा अघिल्लो दिन धान रोपियो भने भोलि पल्ट धान काट्न गइदैन ३, ४ महिना कुर्नु पर्छ’ उनले लेखेका छन्–‘त्यो पनि खेत जोत्नु पर्यो, मल हाल्नु पर्यो, धानको बीउ राख्नु पर्यो, गयर खेत मा रोपाइ गर्नु पर्यो, रोपो गोड्नु पर्यो, समय समयमा पानी लगाउनु पर्यो अनि बल्ल धान फल्छ ।’

धान फल्न यत्रो समय लाग्ने बताउँदै उनले देश त्यतिकै नबन्ने दाबी गरेका छन् । साथै, सरकारका कामकारबाहीहरुलाई बुझेर मात्र उर्लिन वा कुर्लिन उनले अनुरोध गरेका छन् । ‘धान फल्न त यत्रो मिहिनेत गर्नु पर्छ देश तेतिकै बन्दैन सरकारको काम लाई बुझ्दै नबुझी तेसै उर्लिनु,कुर्लिनु ठिक हैन धान फलाउन त यति मिहिनेत गर्नु पर्छ ।’ उनले अघि लेखेका छन्–‘३, ४ महिना कुर्नुपर्छ भने यो त देश बनाउने कुरा हो, त्यसैले सरकारको सम्पूर्ण कामकाज लाई बुझेर मात्र उर्लिने कुर्लिने गर्दा ठिक होला सुजो न बुझो यतिकै उफ्रनु ठिक हैन ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर