• बुधबार ३-११-२०७६/Wednesday 06-26-2019/ 05:55 am

जेठभित्रै सबै एकीकरण सक्छौँ : नेता खनाल

इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले यही जेठ महिनाभित्रै पार्टीका सबै एकीकरण सकिने बताएका छन् । उनले पार्टीको तल्लो तहसम्म एकीकरण गर्न धेरै समय लागेकाले अब तदारुकताका साथ एकीकरणको काम भइरहेको उल्लेख गरे ।

नेकपाका जिल्ला तहका पदाधिकारीलाई आज शपथ ग्रहण गराउन यहाँ आएका उनले दुई धारका दुई कम्युनिस्ट पार्टी एकीकरण ऐतिहासिक भएको बताए । उनले एकै विचार र एकै पृष्ठभूमि भएका जोसुकैसँग पनि पार्टी एकता हुन सक्ने भएकाले एकीकरणको कार्य नटुङ्गिएको उल्लेख गरे । पछिल्लो समय पार्टीमा दर्शन, विचार र सिद्धान्तमा काम कम हुन थालेको भन्दैे उहाँले इतिहास नबिर्सिन सबैलाई आग्रह गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले कार्यकर्तालाई पार्टीगत सिद्धान्त, इतिहासको अध्ययन र परिस्थितिको अध्ययन गर्नसमेत आग्रह गरे । उनले विगतमा कम्युनिस्ट विभाजन हुँदा देशले प्रतिकूलता सहनु परेको उल्लेख गरे । विगतमा आपसी समस्याका कारण कम्युनिस्ट पार्टीबीच नै झै–झगडा, प्रतिस्पर्धा र काटमारको परिस्थितिसमेत आएको उल्लेख गर्दै उहाँले अब कम्युनिस्ट एक हुँदै गएको जिकिर गरे ।

प्रदेश नं १ नेकपाका इञ्चार्ज भीम आचार्यले कम्युनिस्ट एकता निर्धारित समयभन्दा धेरै ढिलो भएको बताए । उनले पार्टीभित्र विधिविधान, सिद्धान्त र पद्धति कम मात्र हेर्न थालिएको आरोप खेप्नु परेकाले अब यस्तो हुन नदिन नेतृत्वलाई आग्रह गरे । प्रदेशका सह–इञ्चार्ज सावित्रीप्रसाद काफ्लेले कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय इतिहास भएको बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

क्षतिपूर्ति वापतको रकम नलिने बिर्तामोड मेयर सिवाकोटीकाे घोषणा

  • १० असार, २०७६

काठमाडौं । बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीले केही अगाडी भएको आन्दोलनका क्रममा भएको क्षति को क्षतिपूर्ति स्वरुप आएको रकम नलिने घोषणा

प्रदेशसभा सदस्य चमेलीको आरोप : प्रजिअले दुर्व्यवहार गरे

  • १० असार, २०७६

जनकपुरधाम । प्रदेश दुईका प्रदेशसभा सदस्य चमेली देवी दासले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले आफूमाथि दुरव्यवहार  गरेको आरोप लगाएकी

विराटनगरको बजेट ५ अर्व १२ करोड

  • १० असार, २०७६

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षकालागि ५ अरव १२ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । विराटनगर महानगरपालिकाको मंगलबार सम्पन्न