• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

‘नयाँ कानूहरुप्रति पत्रकार चनाखो हुनुपर्ने’

बुटवल । तीनै तहका सरकारहरुले कानून बनाउने अभ्यास भइरहेका बेला नयाँ कानूूनहरु आम जनताको हितमा भए नभएको बारे पत्रकारहरु चनाखो हुुनुपर्ने सरोकावालाहरुले औंलाएका छन् । सोमबारदेखि लुुम्बिनीमा आयोजित संसदीय पत्रकार अन्तर प्रदेश सम्मेलनको अवसरमा बोल्दै संसदीय मामिलाका सरोकारवालाहरुले यस्तो धारणा राखेका हुुन । 

सो अवसरमा बोल्दै प्रदेश नम्बर पाँच प्रदेशसभाका उपसभामुख कृष्णी थारुले तीनै तहका सरकारहरुले नयाँ अभ्यास गरिरहेकाले कमी कमजोरी समिक्षा गरेर अगाडि बढनुुपर्ने बताइन् । नीति, कानूून निर्माण गर्ने काम प्रदेशसभाको भए पनि यस्ता नीति कानून आम जनतामा लैजान पत्रकारहरुको भूमिका महत्वपूूर्ण हुुने उनले बताइन । 

संसद सञ्चालनको लागि सभाहल, सचिवालय, विषयगत समिति संसदीय दलका कार्यालय, पुस्तकालय महत्वपूूर्ण रहेको भन्दै उपसभामुुख थारुले ति संरचना निर्माणमा ध्यान दिइरहेको बताइन् । संसदीय मामिला पत्रकार समाजकी उपाध्यक्ष कृष्णा पौडेलले संसदीय मामिलाको रिर्पोटिङमा प्रदेश स्तरमा भएका प्रयास सराहनीय भएको बताइन । 
पत्रकार महासंघ प्रदेश नम्बर पाँचका उपाध्यक्ष भरत केसीले प्रदेश तहमा पनि अहिले विट पत्रकारिताको अभ्यास भइरहेको बताए । 

संयुुक्त राष्ट्रसंघीय विकास परियोजना, संसद सहयोग परियोजना प्रतिनिधि दिला पन्तले नीति निर्माण र कानून निर्माण जस्ता जनतासँग जोडिने कुुरामा सरोकारवालाहरुलाई जवाफदेही बनाउन जरुरी रहेको बताए । 

सम्मेलनकै सिलसिलामा सोमबार लुम्बिनी विकास उपाध्यक्ष भिक्षुु मैतेय र लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्टार तिलक आचार्यले लुुम्बिनी, बौद्ध दर्शन र लुम्बिनी विश्वविद्यालयका बारेमा जानकारी दिएका थिए । 

अन्तर प्रदेश सम्मेलन सँगै संसदीय मामिला बारेको प्रशिक्षण कार्यक्रममा नेपाल पत्रकार महासंघका पूूर्व अध्यक्षद्धय तारानाथ दाहाल र शिव गाउले,पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डिआर घिमिरे लगायतले सहजीकरण गरिरहेका छन् । सोमबार सुुरु भएको कार्यक्रम बुुधबार सकिने आयोजकले जनाएका छन । 

संसदीय मामिला पत्रकार समाज प्रदेश नम्बर पाँचको आयोजना र राष्ट्रसंघीय विकास परियोजना, संसद सहयोग परियोजनाको सहकार्यमा भएको कार्यक्रम आयोजक संस्थाका अध्यक्ष विष्णुप्रसाद घिमिरेको अध्यक्षता, महासचिव सीपी खनालको सञ्चालन र उपाध्यक्ष अमृता अनमोलको धन्यवाद ज्ञापनमा सम्पन्न भएको हो । 

कार्यक्रममा सातवटै प्रदेश बाट ४० जना बढी पत्रकारहरुको सहभागीता रहेकोे छ । सो अवसरमा संसदीय मामिला पत्रकार समाज प्रदेश नम्बरका अध्यक्ष गणेश लम्साल, प्रदेश २ का उपाध्यक्ष कैलास दास, प्रदेश ३ का अध्यक्ष राममणि दाहाल, गण्डकी प्रदेशका सचिव विशन क्षेत्री, प्रदेश पाँचका अध्यक्ष विष्णुु घिमिरे, कर्णाली प्रदेशका अध्यक्ष शेरबहादुुर थापा, सुुदुुरपश्चिम प्रदेशका अध्यक्ष प्रकाश विक्रम शाहले प्रदेशका गतिविधिको बारेमा जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर