• बुधबार ३-११-२०७६/Wednesday 06-26-2019/ 05:54 am

किशोरीलाई विद्यालयमै निःशुल्क प्याड

रुकुमपश्चिम । त्रिवेणी गाउँपालिका–६ मा रहेको जनशक्ति मावि विताडाँडाका छात्राका लागि निःशुल्क सेनेटरी प्याड उपलब्ध गराइएको छ । 

गाउँपालिकाले किशोरीका लागि प्याड उपलब्ध गराएको हो । विद्यालयको ३५औँ अभिभावक भेलामा किशोरीहरुले माग गरेपछि प्याड उपलब्ध गराइएको वडाध्यक्ष राजेन्द्र पुनले जानकारी दिए ।

अहिले तत्काललाई ५५ थान प्याड विद्यालयलाई हस्तान्तरण गरिएको उनले बताए । प्याडसहित प्राथमिक उपचारका सामग्री पनि उपलब्ध गराइएको वडाध्यक्ष पुनले जानकारी दिए । उनका अनुसार आवश्यकताका आधारमा आगामी दिनमा प्याडसहित प्राथमिक उपचारका सामग्री उपलब्ध गराइनेछ ।

विद्यालयमा प्याडको व्यवस्था नहुँदा विद्यालय छाड्नुपर्ने बाध्यता रहेको भन्दै किशोरीहरुले प्याडको माग गरेको र यो माग आफूले गाउँपालिकामा राखेपछि प्याडको व्यवस्था गरिएको वडाध्यक्ष पुनको भनाइ छ । विद्यालयमै निःशुल्क रुपमा प्याड पाइने भएपछि विद्यालयमा अध्यनरत् किशोरीहरु हर्षित भएका छन् । उक्त सामग्री आज वडाध्यक्ष पुनले विद्यालयका प्रधानाध्यापक खीमबहादुर खड्कालाई हस्तान्तरण गरेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

क्षतिपूर्ति वापतको रकम नलिने बिर्तामोड मेयर सिवाकोटीकाे घोषणा

  • १० असार, २०७६

काठमाडौं । बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीले केही अगाडी भएको आन्दोलनका क्रममा भएको क्षति को क्षतिपूर्ति स्वरुप आएको रकम नलिने घोषणा

प्रदेशसभा सदस्य चमेलीको आरोप : प्रजिअले दुर्व्यवहार गरे

  • १० असार, २०७६

जनकपुरधाम । प्रदेश दुईका प्रदेशसभा सदस्य चमेली देवी दासले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले आफूमाथि दुरव्यवहार  गरेको आरोप लगाएकी

विराटनगरको बजेट ५ अर्व १२ करोड

  • १० असार, २०७६

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षकालागि ५ अरव १२ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । विराटनगर महानगरपालिकाको मंगलबार सम्पन्न