• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माण सम्पन्न

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सम्पन्न भएको छ ।

विमानस्थलको ३ किलोमिटर रनवे निर्माण सम्पन्न भएको बताइएको छ ।

निर्माण सम्पन्न भएसँग अब सो रनवेमा आपत्कालीन र परीक्षण उडान गर्न सकिने भएको छ । रनवे निर्माणको जिम्मा चिनियाँ कम्पनी ुनर्थ वेस्ट सिभिल एभिएसनुले पाएको थियो । 

प्राधिकरणका अनुसार धावनमार्ग निर्माण सम्पन्न भएसँगै तत्कालका लागि अब आकस्मिक उडान–अवतरणका लागि त्रिभुवन विमानस्थलको विकल्प समेत तयार भएको छ । आयोजनाअन्तर्गत अहिले रहेको पुरानो विमानस्थलको धावनमार्गलाई ट्याक्सी वे बनाउने उद्देश्य छ । सन् २०१९ भित्रै यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान थाल्ने योजना सरकारको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर