• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

'विप्लव कमरेड ! तपाईको बाटोबाट समाजवाद आउदैन, वार्तामा आउनुस्'–पदम राई

आईतबार मात्रै विप्लव समुहका पोलिटव्यूरो सदस्य पदम राई ‘विकास’ सत्तारुढ दल नेकपा प्रवेश गरे । आफुहरुले पार्टी बनाउदा पास गरेको नीति र कार्यक्रमअनुसार पार्टी नहिंडेर जथाभावि गर्न थालेको र हत्या, हिंसा हैन, बार्ता र सम्बादको कुरा गर्दा आफुलाई पार्टी बाट निश्कासन गरिएको उनले बताएका छन् । 

अध्यक्ष प्रचण्डका हातबाट टिका ग्रहण गर्दै नेकपा प्रवेश गरेका नेता राईले विप्लव समूहमा मागेका नेता कार्यकर्तालाई त्यो बाटोबाट समाजवाद हुंदै साम्यवादमा नपुगिने र जनता र देशले केही पनि नपाउने भन्दै बार्ता र सम्बादको बाटोमा आउन आब्हान गरेका छन् । 

समाचार दैनिकको स्टुडियोमा अन्तरबार्ताका क्रममा नेता राईले भावुक हुंदै भने, बार्ताबाट समाधान खोज्नुपर्छ भन्ने पार्टीकै लाईन अनुसार आफुले कुरा गर्दा विप्लवसँग भेट समेत नदिएर हटाउने विज्ञप्ती निकालेको उनले बताए । 

बन्दुक बोक्ने बाहेक माओले भनेका कुनैपनि नीति र सिद्धान्त विप्लव समूहले नअंगालेको बताउदै उनले भने,हिजो प्रचण्डले मलाई टिका लगाईदिनुभयो, साँच्चै भन्ने हो भने, किसानले बाछी पाए पाल्छ, बाछो पाए पर जंगलमा लगेर छोडिदिन्छ, अनि बाछो ड्वाँ...ड्वाँ... कराउँछ । विप्लवले जंगलमा लगेर छोडिदिए, पदम राइ त्यस्तै ड्वाँ.. ड्वाँ कराइरहेकाे थियाे । म झण्डै डेढ वर्ष त्यो पार्टीमा रहें, पार्टीका शीर्ष नेतासँग भेट्न सकिन । भेट्यो भने कन्भिन्स गर्छ भनेर भेट दिईएन भन्ने सुनें। कस्तो कमजोर मानसिकता ? म त्यसरी जंगलमा कराईरहेको बाछो जस्तो थिएं । प्रचण्ड कमरेडले हातमा समातेर ल्याउनु भयाे । मलाइ राहत भएकाे छ ।’
नेता राईसँग समाचार दैनिकले गरेको कुराकानी :

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर