सरितालाई उछिन्दै रविन्द्र बने नेपाल चलचित्र कलाकार संघको अध्यक्ष

काठमाडौं । आज सम्पन्न भएको नेपाल चलचित्र कलाकार संघको महाधिवेशनमा अध्यक्ष पदका लागि अभिनेत्री सरिता लामिछाने र कलाकार रविन्द्र खड्कामा   खड्का बिजयी भएका छन् । जम्मा ३८७ ले मतदान गरेकोमा उनी प्रतिद्वन्दी सरिता लामिछानेलाई ५७ मतले पछि पार्दै बिजयी भएका हुन् ।

यस्तै, उपाध्यक्ष पदमा रेजिना उप्रेतीले निर्वाचनमै सर्वाधिक मत (२४३)  ल्याइ बिजयी भएकी छन् । । त्यस्तै, उपाध्यक्ष पदमा सानु कुमार ताम्राकारले १७५ मत ल्याएर विजयी भए भने महासचिव पदमा चेतबहादुर सिंहले १८७ मत ल्याएर विजयी भए । 

सचिव पदमा पनाहा अधिकारीले १९४ मत ल्याएर विजयी हासिल गरे । साथै उनको प्रतिस्पर्धी उम्मेदवार कविता गेलालले १६९ मत ल्याइन् । सह–कोषाध्यक्ष पदमा पवित्रा आचार्यले २२० मत ल्याएर विजयी भइन् । उनको प्रतिस्पर्धी उम्मेदवार धन बहादुर बम्जनले १३३ मत ल्याएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर