• सोमबार ५-३०-२०७६/Monday 09-16-2019/ 01:57 pm

६ मिनेट बोल्न रोष्टममा पुगेका सांसद ४ मिनेटसम्म मौन बसेपछि...[भिडियो]

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कैलालीका सांसद झपट रावल सभामुखले समय दिएपछि संसदमा बोल्न पुगे । संसदको रोष्टममा पुगेपछि अरु सांसदभन्दा बेग्लै प्रस्तुत भए रावल । 

उनी रोष्टममा पुगेर चुप उभिइरहे । 

उनी केही नबोलेपछि सभामुखको आसनबाट राधा ज्ञवालीले भनिन्–‘माननियज्यू के भयो ?’ प्रश्नको जवाफ सांसद रावले नसोचिएको नै दिए । उनले भने–‘केही नभएकाले सभामुख महोदय, नबोलेको ।’ 

केहीबेर सांसद रावल चुप बसेपछि उनको मौन विरोधको बारेमा ध्यानाकर्षण भइसकेको सभामुखले बताइरहँदा उनी बोलेका थिएनन् । ६ मिनेटको समय पाएका रावल झण्डै ४ मिनेट मौन नै बसे ।  

मन्त्री इस्तियाक राईले बजेट विनियोजन गर्दा आफूहरुलाई विभेद गरेको उनले बताए । उनले मन्त्री इस्तियाक राईलाई ‘विभेदकारी’को आरोप पनि लगाए ।

सत्तारुढ दलको सांसद भएका कारण सरकारको आलोचना गर्न नमिल्ने भएकाले आफू मौन बसेको स्पष्टिकरणसमेत उनले दिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कस्ता थिए 'सरल' नेता बोगटी (फाेटाेफिचर)

  • ३० भदौ, २०७६

काठमाडाै । नुवाकोट तुप्चे भित्रिनटारमा विसं २०१० मा जन्मिएका पोस्टबहादुर बोगटीले राजनीतिक जीवनमा विभिन्न आरोह र अबरोह झेले । पञ्चायत विरोधी

'संसदीय समितिले सरकारको निगरानीमात्रै गर्छ, नियन्त्रण गर्दैन' : सभामुख महरा

  • ३० भदौ, २०७६

काठमाडौं । सभामुख कृष्णबहादुर महराले संसदीय समितिहरुले सरकारको कामको निगरानीमात्रै गर्ने बताएका छन् ।  नयाँ बानेश्वरमा सोमबार भएको अन्तक्र्रिया

राष्ट्रियसभाको अवरोध हट्यो, बैठक सुचारु

  • ३० भदौ, २०७६

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको जागरण अभियानको क्रममा बाँके जिल्ला सभापतिमाथि भएको आक्रमणको घटनाको अनुसन्धानका लागी किटानी जाहेरी दर्ता