• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

६ मिनेट बोल्न रोष्टममा पुगेका सांसद ४ मिनेटसम्म मौन बसेपछि...[भिडियो]

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कैलालीका सांसद झपट रावल सभामुखले समय दिएपछि संसदमा बोल्न पुगे । संसदको रोष्टममा पुगेपछि अरु सांसदभन्दा बेग्लै प्रस्तुत भए रावल । 

उनी रोष्टममा पुगेर चुप उभिइरहे । 

उनी केही नबोलेपछि सभामुखको आसनबाट राधा ज्ञवालीले भनिन्–‘माननियज्यू के भयो ?’ प्रश्नको जवाफ सांसद रावले नसोचिएको नै दिए । उनले भने–‘केही नभएकाले सभामुख महोदय, नबोलेको ।’ 

केहीबेर सांसद रावल चुप बसेपछि उनको मौन विरोधको बारेमा ध्यानाकर्षण भइसकेको सभामुखले बताइरहँदा उनी बोलेका थिएनन् । ६ मिनेटको समय पाएका रावल झण्डै ४ मिनेट मौन नै बसे ।  

मन्त्री इस्तियाक राईले बजेट विनियोजन गर्दा आफूहरुलाई विभेद गरेको उनले बताए । उनले मन्त्री इस्तियाक राईलाई ‘विभेदकारी’को आरोप पनि लगाए ।

सत्तारुढ दलको सांसद भएका कारण सरकारको आलोचना गर्न नमिल्ने भएकाले आफू मौन बसेको स्पष्टिकरणसमेत उनले दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर