• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

'गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला' निर्माणमा सरकारले सहयोग गर्छ - प्रचण्ड

चितवन । चितवनको रामपुरमा बन्न लागेको 'गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला' निर्माणमा सरकारले सहयोग गर्ने नेपाल कम्युनिष्ट पाटीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । 

आज भरतपुरमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले  नीजि क्षेत्रबाट बन्न लागेका खेल क्षेत्रका परियोजनामा सरकारले सहयोग गर्ने नीति लिएको बताए । यस रंगशालालाई राष्टिय गौरवका योजनाका रुपमा लिएको भन्दै रंगशाला निर्माणको कामलाई अगाडी बढाउने बताए । 

पार्टी एकताको काम तल्लो तहसम्म मिलाउने गरी अगाडी बढिरहेको भन्दै प्रधानमन्त्री विदेशबाट फर्के लगतै प्याकेजमै घोषणा गरिने बताए । उनले पुर्व तयारी विना विधेयक आएको भन्दै परिमार्जन गर्न आवश्यक रहेका विधेयकहरु प्रिमार्जन भएर आउने बताए । गुठी सञ्चार लगायतका विधेयकहरु ल्याउँदा सम्बन्धी क्षेत्रका विशेषज्ञहरुसंग सुझाव लिनु पर्ने उनको भनाई छ  ।

उनले अव प्रधानमन्त्री आए लगतै सल्लाह गरेर काम अगाडी बढाउने बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर