• सोमबार ५-३०-२०७६/Monday 09-16-2019/ 02:46 pm

‘भूकम्प स्मारक पार्क’ निर्माण आउँदो वर्षबाट, धरहरा पुननिर्माणको काम २ वर्षमा सकिने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आगामी आर्थिक वर्ष बाट सुरु गर्ने स्पष्ट पारेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले २०७२ सालमा गएको विनाशकारी भूकम्पको केन्द्र विन्दु रहेको बारपाकमा भूकम्प स्मारक बनाउने काम आगामी आर्थिक वर्षबाट सुरु गर्ने गरी बजेटको व्यवस्था गरिएको जानकारी दिए । बुधबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले त्यसका लागि आवश्यक पानी, बाटो, पाटीपौवालगायतका पूर्वाधार निर्माणको कामलाई हाल प्राधिकरणले तीब्रता दिईरहेको पनि स्पष्ट पारे । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पानीको स्रोतको व्यवस्थापनमा कठिनाई भएकाले पनि सो पार्क निर्माणको कामलाई अघि बढाउन ढिलाई भएको पनि स्पष्ट पारे ।


प्राधिकरणले भूमिहिनहरुको पुननिर्माणको कामलाई अघि बढाउन २ लाख नगद वा उनीहरुले चाहेको ठाउँमा जग्गाको लालपूर्जा उपलब्ध गराउने कामलाई पनि अघि बढाइएको जनाएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूमिहिनलाई जग्गा उपलब्ध गराएर पुनर्निर्माणको कामलाई अघि बढाउन आवश्यक कार्यविधि तय गरिएको र त्यसलाई तीव्रताका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे । प्राधिकरणका अनुसार हालसम्म ८ सय जनाले पुनर्निर्माणका लागि जग्गा उपलब्ध गराउन माग गर्दै प्राधिकरणमा उजुरी दिएका छन ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राचीन मौलिकता नहराउने गरी सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाएको दावी पनि गरे । उनले २ वर्ष भित्र धरहरा पुननिर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिइएको पनि समितिलाई जानकारी दिए ।

प्राधिकरणले समितिलाई बुझाएको कार्य प्रगति विवरणमा निजी आवास पुनर्निर्माणको कामलाई चालू आर्थिक वर्ष भित्र सम्पन्न गर्ने दावी गरिएको छ । त्यसैगरी सम्पदाहरुको पुननिर्माणको कामलाई तीव्रता दिन सुरु गरिएको पनि प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । बैठकमा समितिका सदस्यहरुले भूकम्प पीडितहरुको जीविकोपार्जनको विषयलाई पनि प्राथमिकतामा राखेर अघि बढाउन प्राधिकरणलाई सचेत गराएका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

काठमाडौंमा ‘पाकिस्तानी व्यापार मेला’ सुरु

  • ३० भदौ, २०७६

काठमाडौं । काठमाडौंमा ‘पाकिस्तान र नेपालमैत्री व्यापार मेला’ सुरु भएको छ । दुई मुलुकबीचको व्यापार विस्तारमा जोड दिने उद्देश्यले सोमबारबाट

फेरि बढ्यो सुनको भाउ

  • ३० भदौ, २०७६

काठमाडौं । पछिल्लो केही दिनयता लगातार घटेको सुनको भाउ सोमबार फेरि बढेको छ । आज सुनको भाउ एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ ।  नेपाल

दशै, तिहारको अवसरमा हवाई भाडामा १० प्रतिशत छुट

  • ३० भदौ, २०७६

काठमाडौं । महानपर्व दशैं, तिहार तथा छठ पर्वको अवसरमा वायु सेवा कम्पनीहरुले आफ्ना यात्रुहरुलाई हवाई भाडामा १० प्रतिशत छुट दिने भएका छन् । वायु सेवा