• बुधबार ३-११-२०७६/Wednesday 06-26-2019/ 06:10 am

उत्तर कोरियामा सार्वजनिक रुपमै सर्वसाधारणलाई मृत्युदण्ड दिइएको खुलासा, ३ सयबढी स्थानको पहिचान

तस्विर : वेब

एजेन्सी । दक्षिण कोरियाको एक गैरसरकारी संस्था ‘ट्रान्जिसनल जस्टिस वर्किङ ग्रुप’ले उत्तर कोरियाली सरकारले सार्वजनिक रुपमा सर्वसाधारणलाई मृत्युदण्ड दिएका ३ सय १८ वटा स्थानको पहिचान भएको जनाएको छ ।

‘ट्रान्जिसनल जस्टिस वर्किङ ग्रुप’ले चार वर्षको अवधिमा ६ सय १० जना उत्तर कोरियालीहरुसँग भगौडाहरुसँग अन्तरवार्ता लिएर तयार पारेको प्रतिवेदनमा सार्वजनिक गरेको छ ।

प्रतिवेदनमा गाई चोरी गरेको देखि लिएर दक्षिण कोरियाली टेलिभिजन हेरेकोसम्मको आरोपमा उत्तर कोरिया सरकारले मृत्युदण्ड दिएको उल्लेख छ ।

समूहले नदी किनार, खेत, विद्यालय र खेलकुद मैदानमा सार्वजनिक रुपमै मानिसहरुलाई मृत्युदण्ड दिइएको दाबी गरेको छ ।

मंगलबार सार्वजनिक ‘म्यापिङ द फेट अफ द डेड’ नामक प्रतिवेदनमा सार्वजनिक रुपमा मृत्युदण्ड दिइएको हेर्न एक हजारभन्दा बढी सर्वसाधारण जम्मा हुने गरेको उल्लेख छ ।

मृत्युदण्ड दिइने मानिसका आफन्त तथा नाबालकलाई कतिपय घटना हेर्न बाध्य पारिएकोसमेत प्रतिवेदनमा आरोप लगाइएको छ । उत्तर कोरियाका जेल र श्रम शिविरजस्ता बन्दीगृहमा पनि मृत्युदण्ड दिने गरिएको छ ।

बन्दीगृहमा राजनीतिक अपराध गरेको अभियोग लगाइएका मानिसलाई खानी उत्खनन् र रुख कटानीजस्ता शारीरिक श्रम गर्न बाध्य पार्ने गरिन्छ ।

उत्तर कोरियाली भगौडाहरुले दिएको जानकारीअनुसार अधिकांशलाई गोली हानेर मृत्युदण्ड दिने गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

वार्ताको प्रस्ताव गरेको भनी अमेरिका झूटो बोल्यो - इरानी राष्ट्रपति

  • १० असार, २०७६

तेहरान । अमेरिकाले इरानलाई वार्ताका लागि प्रस्ताव गरेको भन्ने कुरा झुटो हो भन्ने उसले इरान र इरानी कूटनीतिज्ञविरूद्ध घोषणा गरेको नयाँ प्रतिवन्धबाट

ट्रम्पको भ्रमणअघि दुई कोरियाबीच वार्ता नहुने 

  • १० असार, २०७६

सोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण हुनुअघि दुई कोरियाबीच शीर्ष तहमा तत्काल वार्ता सम्भव नरहेको

तालिबानद्वारा कब्जा जिल्ला फिर्ता

  • १० असार, २०७६

माइमाना । अफगानिस्तानको सरकारी सुरक्षा फौजले तालिबानले यसअघि कब्जामा लिएको बिलचिराग जिल्ला फिर्ता गराएको छ ।  उत्तरी अफगानिस्तानको फार्याब