• सोमबार ५-३०-२०७६/Monday 09-16-2019/ 02:45 pm

टिपरको ठक्करबाट पत्रकार गेलाङकाको मृत्यु

सुर्खेत । टिप्परको ठक्करबाट सुर्खेतमा क्रियाशील पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको छ । 

मोटरसाइकलमा सवार पत्रकार गेलाङलाई बा ५ ख १६८३ नम्बरको टिप्परले भेरी गंगा नगरपालिका वडा नं. ८ लोदेमा रुकुमबाट सुर्खेतको छिन्चु आउँदै गरेको टिप्परले ठक्कर दिएको हो । टिप्परको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेका अनुसार टिप्पर चालक फरार रहेका छन् । चालकको खोजी कार्य जारी रहेको उनको भनाइ छ ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव समेत रहेका गेलाङ सुर्खेत पहिचान दैनिकका सम्पादक समेत हुन् ।

 उनी लेकबेसी( ७ कल्याण घर भई वीरेन्द्रनगरमा विगत लामो समय देखि बस्दै आइरहेका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विकास र समृद्धिको पहिले सर्त शान्तिसुरक्षा : मुख्यमन्त्री राई

  • ३० भदौ, २०७६

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको पहिलो सर्त जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुुनुपर्नेमा जोड दिएका छन्

भारतबाट आयात हुने तरकारी तथा फलफूल चेकजाँचमा कडाइ

  • ३० भदौ, २०७६

कैलाली ।  सुदूरपश्चिम प्रदेशका नाकाहरुबाट तरकारी तथा फलफुलजन्य पदार्थको आयातमा कडाइ गरिएकाे छ । भारतबाट भित्रने तरकारी तथा फलफुलमा अत्याधिक

प्रदेश २ : नामकरण र राजधानी टुंग्याउन विशेष समिति गठन

  • २९ भदौ, २०७६

जनकपुरधाम । प्रदेशको नामाकरण र राजधानीको विषयमा प्रदेशसभामा छलफल चलिरहेको समयमा निक्र्यौल लगाउनका लागि विशेष समिति गठन गरिएको छ ।  प्रदेशसभा