• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

जापानमा नेपाल महोत्सव सम्पन्न

टाेकियाे । जापानको नागोयामा पहिलो पटक नेपाल महोत्सव २०१९ आयोजना गरिएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुर्याउने उद्देश्य साथ जापानस्थित नेपाली दुतावास र एनआरएनएन नागोयाको सयुक्त आयोजना नेपाल महोत्सव २०१९ गरिएको हो । 

नेपाल महोत्सव अपेक्षा गरेभन्दा बढी सफल भएको आयोजकले जनाएका छन् । जुन १५ र १६ तारिकका दिन साकाय स्थित हिसाय दोहोरी पार्कमा गरिएको महोत्सवमा त्यहास्थित नेपाली र जापानी नागरिक अवलोकनकर्ताहरुको उल्लेख्य भीड लागेको थियो ।  महोत्सवले दुईदेशबीचको सम्बन्ध थप प्रगाढ़ बनाउनुको साथै नेपाल भ्रमण वर्ष २०२० लाई ठूलो टेवा पुर्याएको महोत्सव संयोजक पारसमणि पोख्रेलले बताए ।

महोत्सवमा नेपाली कला संस्कृति, परम्परागत झाँकीहरू ,रहनसहन , खाना, गीत संगीत लगायतका ३२ वटा स्टल राखिएको थियो । समग्र नेपालको विशेषता दर्शाउदै भ्रमण बर्ष  २०२० मा जापानीज नागरिकलाई निमन्त्रणा गर्ने सवालमा महोत्सव सफल त्यहाँस्थित विष्णु प्रसाद घिमिरेले जानकारी दिए ।
 
नागोयामा क्रियाशील नेपाली संघसस्थाहरु सह–आयोजकको रुपमा सहभागी थिए ।  महोत्सवमा २ तलाको नेपाली बाटुले घर मुख्य आकर्षणको रुपमा रहेको थियो । त्यसैगरी नेपाली धर्म र संस्कृति झल्काउने बाजागाजा, विभिन्न जातजातिका विशेषता झल्काउने पोशाक, खानाका परिकार लगायतका स्टल थिए ।

महोत्सवअवधिभर विभिन्न जातिय भेषभुषामा सजिएका युवा युवतीले हामी नेपाली हो भन्दै र्याली निकालेका थिए । जातिय विशेषता अनुसारका भेषभुषामा गरिएको र्याली पनि महोत्सवको आकर्षक बनेको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर