• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

१०३ वर्षीया धाविका, जसले विश्व रेकर्ड राखिन्

एजेन्सी । उमेर १०३ वर्ष, खास नाम जुलिया हकिन्स, उपनाम ‘हरिकेन’ । जुलियाले न्यु म्याक्सिकोमा सम्पन्न राष्ट्रिय जेष्ठ नागरि खेलमा ५० र एक सय मिटर दुरी पार गरेर अमेरिकी दौड प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सबैभन्दा जेष्ठ महिलाको रुपमा आफ्नो नाम दर्ता गराएकी छिन् । 

लुइसियानी निवासी जुलियाले यसअघि नै आफ्नो उमेर समूहको दौड प्रतियोगितामा १०० मिटर पार गरेर विश्व रेकर्ड बनाइसकेकी छिन् । मंगलबार सम्पन्न प्रतियोगितामा उनले आफ्नो प्रतिस्पर्धीलाई हराइनन्, तर जम्मा ४६ सेकेन्डमा सय मिटर दुरी पार गर्न सक्षम बनिन् । 

‘म सँधै सक्रिय रहन्छु’, जुलियाले अबुक्युरकु जर्नलसँग भनिन्, ‘मेरो थोरै जमिन छ, जसमा म सँधै काम गरिरहेको हुन्छु। मैले जमिनमा ३० भन्दा बढी ‘बन्सोई’ बुटियान रोपेको छु । कुनै ४० त कुनै ५० वर्षका छन् । तिनीहरुले मलाई सँधै व्यस्त राख्छन् ।’

जुलियाले ८० वर्षको उमेरदेखि जेष्ठ ओलम्पिकमा साइकल प्रतियोगितामा भाग लिन सुरु गरिन् । तर, जब जुलियाको उमेर समूहको प्रतियोगी उनी मात्रै थिइन्, उनको परिवारले दौडमा प्रयास गर्न सुझाए । सय मिटर दुरीको दौड प्रतियोगिता उनलाई ठिक लाग्यो । 

जुलियाका खुडा, ढाड र कम्मर अझै पनि ठिकै छन् । आफ्नो खुट्टा दरिला हुनुमा उनी बर्षैँसम्म गरेको साइकल दौडलाई श्रेय दिन्छिन् । तर, उनको आँखाको ज्योति कमजोर हुँदै गइरहेको महशुस गर्छिन् । 

सन् १९१६, ९ फेब्रुअरीमा जन्मिएकी जुलियाले सन् १९३८ मा लोइसिअना स्टेट विश्वविद्यालयबाट शिक्षणमा डिग्री गरिन् । उनले त्यही जीवनसाथी मुरे हकिन्सलाई भेटेकी थिइन् र उनीहरुका चार सन्तान भए । 

धुम्रपान र मद्यपान नगर्नु र सही खानपानले उनको आयु लामो भएको जुलिया बताउछिन् । आफ्नो उद्देश्यबारे जुलिया भन्छिन्, ‘म आशा गर्छु म उनीहरुलाई स्वास्थ्य रहनका लागि उत्प्रेरित गरिरहेकी छु । जुनसुकै उमेर समूहमा पनि तपाईले चाहानु भएको गर्न सक्नुहुन्छ भन्ने महशुस गराउन चाहान्छु ।’  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर